aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

आगामी तीन दिनको मौसम पूर्वानुमान, देशैभरी बाक्लो हुस्सु र कुहिरो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ माघ २०७८
आगामी तीन दिनको मौसम पूर्वानुमान, देशैभरी बाक्लो हुस्सु र कुहिरो
NIBL

 
काठमाडौंं । हाल देशका पहाडी भू(भागहरुमा आंशिक बदली रहेको छ ।साथै तराईका केहि स्थानहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको  छ ।

आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।

सोमबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य वदली तथा लुम्बिनी प्रदेश र गण्डकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली  तथा  बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ ।

मंगलबार पहाडी भू(भागमा आंशिक देखि सामान्य रही बाँकि भू(भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू(भागका थोरै  स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

प्रतिक्रिया दिनुहोस