aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

६७ प्रतिशत सम्पदाहरुको पुनर्निर्माण सम्पन्न, कहा कहा कस्ता संरचना निर्माण भए

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • शनिबार, ०१ माघ २०७८
६७ प्रतिशत सम्पदाहरुको पुनर्निर्माण सम्पन्न, कहा कहा कस्ता संरचना निर्माण भए
Global IME
LBF

काठमाडौं । वि.सं.२०७२ साल बैशाख १२ गते आएको भुकम्पबाट क्षति भएका सम्पदाहरु मध्ये हालसम्म ६२० वटा सम्पदाहरुको पुननिर्माण सम्पन्न भएको छ । पुरात्तत्व विभागको तथ्याङक अनुसार भुकम्पबाट क्षति भएका ३१ वटा जिल्लामध्ये २८ वटा जिल्लाका ९२० वटा सम्पदाहरुमा क्षति भएको थियो । 

क्षति भएका ९२० वटा सांस्कृतिक सम्पदाहरुको मौलिक स्वरुप लाई यथावत् कायम राखी पुन निर्माण तथा संरक्षण गर्नमा पुरातत्व विभाग, राष्ट्रिय पुननिर्माण प्राधिकरण लगायत विदेशी तथा स्वदेशी संघसंस्थाहरु समेत सहभागी भइ पुनर्निर्माण कार्य अघि बढाएसँगै ६७ प्रतिशत सम्पदाहरुको पुननिर्माण सम्पन्न भएको विभागले जनाएको छ । 

विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भएका १५८ वटा कार्यक्रम मध्ये १२२ वटा सम्पदाको संरक्षण तथा पुननिर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको थियो । 

साथै चालु आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्न बाँकी रहेका र शुरु गर्न बाँकी रहेका १३९ वटा सम्पदाहरुको पुननिर्माण आव २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य रहेको विभागले जनाएको छ । विभागका अनुसार भुकम्पले क्षति भएका सम्पदाहरुको संरक्षण र पुननिर्माणमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुले योगदान रहेको छ । 

सम्पदाहरुको संरक्षण र पुननिर्माणमा संलग्न भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुमा पशुपति क्षेत्र विकास कोष, एसियाली विकास बैंक, चीन सरकार, जापान सरकार, युनेस्को श्रीलङकन सरकार आदि संघसंस्थाहरु रहेका छन् । 

पशुपति क्षेत्र विकास कोषले मृगस्थली क्षेत्रका १० वटा शिवालयहरु, गुहेश्वरी चौघेरा सत्तल, गुरुज्यु सत्तल मन्दिर तथा सत्तल सहित ५९ वटा सम्पदाहरुको संरक्षण र पुननिर्माण गर्नेपर्नेमा ३६ वटा सम्पदाहरुको पुननिर्माण सम्पन्न गरेको छ । 

त्यस्तै एसियाली विकास बैंकले ६ करोड अमेरिकी डलरमा थापाथली देखि टेकु दोभानका २१ वटा सम्पदाहरु सहित २३ वटा सम्पदाहरुको संरक्षण र पुननिर्माण गर्ने लक्ष्य लिएको थियो । जसमा हालसम्म ११ वटा सम्पदाहरुको पुननिर्माण सम्पन्न गरेको छ । 

चीन सरकारले ९५ युआन लगानीमा हनुमान ढोका परिसरको नौतले दरबार र नुवाकोट दरबार गरी २ वटा सम्पदाहरुको पुननिर्माण गर्नेछ भने जापान सरकारले ३ लाख ३० हजार लगानीमा हनुमान ढोका परिसरको आंगछे र पाटन दरबार परिसरको देगुतलेजु सहित २ वटा सम्पदाको पुननिर्माण गर्ने भएको छ । 

त्यसैगरी श्रीलङकन सरकारले २ लाख लगानीमा बुंगमति स्थित रातो मछिन्द्रनाथ र स्वयम्भुस्थित आनन्दकृटी विहार सहित एउटा सम्पदाको पुननिर्माण सम्पन्न गरेको छ । यता युनेस्कोको सहयोगमा साँखु खड्गयोगिनी सत्तल उत्तरतर्फको लंक र टेकु राधाकृष्ण मन्दिर गरी २ वटा सम्पदाहरुको पुननिर्माण सम्पन्न भएको तथ्याङकमा उल्लेख छ ।  

विभागका अनुसार केभीपीट संस्थाले २ लाख ७ हजार ३३६ रुपैयाँ लगानीमा पाटन दरबारको १० र हनुमानढोका दरबारका ५ वटा सम्पदा सहित १६ वटा सम्पदाको पुननिर्माण सम्पन्न गरेको छ । त्यस्तै स्वयम्भु विकास समितिबाट स्वयम्भुका ६ वटा सम्पदाहरु सहित ५ वटा सम्पदाहरुको पुननिर्माण सम्पन्न भएको छ । 

कीर्तिपुर नगरपालिकाले कीर्तिपुर पाँगा देउखेल स्थित पार्टी, हर्षकीर्ति विहार सहित तीन वटा सम्पदाहरुको पुननिर्माण सम्पन्न गरेको छ । त्यस्तै शहरी तथा भवन निर्माण विभागले स्वयम्भुका ६ वटा सम्पदाहरु सहित एउटा सम्पदा, गुठी संस्थानबाट कीर्तिपुर पाँगा देउखेल स्थित पार्टी, हर्षकीर्ति विहारको पुननिर्माण गर्ने भएको छ । 

वातावरण सम्पदा तथा संरक्षण कोष नेपालले किलेश्वर मन्दिर सहित २ वटा सम्पदाहरुको पुननिर्माण सम्पन्न गरेको छ । त्यसैगरी हनुमानढोका विकास समितिले  हनुमानढोका दरबारक्षेत्रको ८ वटा सम्पदाहरुको पुननिर्माण गर्ने पर्नेमा ७ वटा सम्पदाहरुको पुननिर्माण कार्य सम्पन्न गरेको विभागको तथ्याङकमा उल्लेख छ । 

विभागका अनुसार बौद्ध विकास समितिले बौद्ध स्तुपा, मियामोतो रिलिफ फण्डले ७ लाख युएस डलर लगानीमा गद्धीबैठक सहित एक सम्पदा, मध्यपुर ठिमी नगरपालिकाले सिद्धी गणेश मन्दिर, एनआरएले रानी पोखरी र नयाँ धरहरा, काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रका १० वटा सम्पदा सहित १८ वटा सम्पदाको पुननिर्माण गर्नुपर्नेमा ६ वटा सम्पदाको पुननिर्माण सम्पन्न गरेको छ । 

त्यसैगरी भक्तपुर नगरपालिकाले भक्तपुर दरबार क्षेत्रका सम्पदाहरु सहित १५ वटा सम्पदाहरुको पुननिर्माण सम्पन्न गरेको छ । ललितपुर उद्योग वाणिज्य संघले पाटन दरबार स्क्वायर परिसरको भिमसेन मन्दिरको पुननिर्माण गर्ने भएको छ ।

भुकम्पले क्षति भएका सम्पदाहरुको संरक्षण र पुननिर्माणको क्रममा स्विस सरकारले ६० हजार रुपैयाँ लगानीमा दोलखा भिमेश्वरको त्रिपुरा सुन्दरी र तलेजु मन्दिर सहित २ वटा सम्पदाको पुननिर्माण गरेको छ । 

यस्तै उपभोक्ता समितिले हनुमानढोका क्षेत्रको सिंहढोका अगाडीको शिव मन्दिर, ललितपुर बुंगमतीको कार्यविनायक मन्दिर, पाटन भिमसेन मन्दिर, बालकुमारी मन्दिर, पाटनको महाबौद्ध मन्दिर र बौद्धनाथ स्तुपा हनुमानढोका दरबार परिसरको गोपिनाथ र जगन्नाथ मन्दिर सहित ८ वटा सम्पदाको पुननिर्माण गर्नुपर्नेमा ४ वटा सम्पदाको पुननिर्माण कार्यसम्पन्न गरेको तथ्याङकमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस