aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

पञ्चकन्या माई हाइड्रोपावरको नयाँ सञ्चालकमा चार जना निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
पञ्चकन्या माई हाइड्रोपावरको नयाँ सञ्चालकमा चार जना निर्वाचित
Global IME
LBF

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको चौथो, पाँचौं तथा छैठौं गरी ३ वर्षको वार्षिक साधारण सभा साधारण सभा सञ्चालक समितिका अध्यक्ष  प्रेम बहादुर श्रेष्ठको सभापतित्वमा पौष २८ गते कोपुण्डोल, ललितपुरमा सम्पन्न भएको छ ।

सभाबाट ४ वर्ष अविधिको लागि प्रतिनिधित्व गर्न ४ जना (१ जना महिला समेत) कम्पनीको संचालक सदस्यहरुमा संस्थापक शेयर धनी समुह–“क”को तर्फबाट प्रेम बहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुब कुमार श्रेष्ठ र उदिप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।

शेयरधनीहरुबाट उठाइएका जिज्ञासा तथा प्रश्नहरुको सम्बन्धमा संचालक समितिको तर्फबाट प्रदिप कुमार श्रेष्ठ र टिकाराम निरौलाले प्रष्ट पार्नु भएको थियो ।

शेयरधनीहरु अमिर दास रन्जित, उद्धव प्रसाद घिमिरे, ब्रम्हदेव शाक्य, अर्जुन कुमार ढुङ्गेल, शिव प्रसाद पौडेल, डम्वरु बल्लभ घिमिरे र शत्रुधन श्रेष्ठले आफ्ना अमूल्य राय सुझावहरु दिएका थिए । कम्पनीको यस आर्थिक वर्षहरुमा खर्च घटेको र आम्दानी सकारात्मक तिर गएको हुँदा नाफाको सुनिश्चतता गरी शेयरधनीहरुलाई लाभांश वितरण गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस