aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

भारतद्धारा लिपुलेकमा सडक बिस्तार, माओवादीले भन्यो भौगोलिक अखण्डतामाथि हस्तक्षेप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
भारतद्धारा लिपुलेकमा सडक बिस्तार, माओवादीले भन्यो भौगोलिक अखण्डतामाथि हस्तक्षेप
Global IME
LBF

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भारतलाई नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेको छ । माओवादी केन्द्रका नेता एवम् अन्तरराष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आज एक विज्ञप्तिमार्फत हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक बिस्तार गर्ने घोषणा गरेको भन्दै त्यसको विरोध गरेका हुन ।
 
माओवादीले भारतलाई पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न पनि आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, “हामी भारतीय पक्षलाई सबैको र नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवम् अतिक्रमण नगर्न जोडदार माग गर्दछौँ ।” त्यसबारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै नेता श्रेष्ठले भने, “नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणको बिरोध जनाओस् र यो कार्य बन्द गराउन शिघ्रातिशिघ्र कूटनैतिक पहल गरोस् ।”

प्रतिक्रिया दिनुहोस