aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

जलन पीडित बालबालिकाको उपचारमा पाल्पा सिमेन्टको सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
nepalmegaschool
जलन पीडित बालबालिकाको उपचारमा पाल्पा सिमेन्टको सहयोग
LBF

काठमाडौं । न्यून र मध्यम आयश्रोत भएका देशहरूमा जलन वा पोल्ने एउटा प्रमुख स्वास्थ्य समस्या हो । त्यसैगरी नेपालमा यसको उपचारमा चिकित्सकहरु र विशेषज्ञताको कमिका कारण धेरै समस्या आइ पर्ने गर्छ । 

यस समस्यालाई मध्यनजर राखी नेपालमा उच्च गुणस्तर र कमलागतमा जलन पीडितको उपचारका लागि काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल सन् १९९७ मा स्थापना भएको हो ।

देशको सामाजिक र आर्थिक कल्याणमा योगदान दिने कदमहरु चाल्दै आएको पाल्पा सिमेन्टले सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गर्ने १८ वर्ष मुनिका जलन पीडित बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ ।

 जलन पिडित बालबालिकाको लागि सानो केहि सहयोग गर्न पाएकोमा पाल्पा सिमेन्टले खुशी व्यक्त गरेको छ । साथै, आउदा दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरुलाई सुचारु गर्दै लैजाने पाल्पा सिमेन्ट ले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस