
काठमाडौं । यो साता धितोपत्र बजारमा ३५ अर्ब ६५ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको ६ करोड ९२ लाख ९८ हजार ५७२ कित्ता शेयर खरिद विक्री भएको छ ।
यो साता गत साताभन्दा १४ अर्ब ३७ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको २ करोड ७९ लाख २६ हजार १६ कित्ता शेयर बढी खरिद विक्री भएको हो । गत साता २१ अर्ब २७ करोड ८७ लाख १२ हजार रुपैयाँ बराबरको ४ करोड १३ लाख ७२ हजार ५५६ कित्ता शेयर खरिद विक्री भएको थियो ।
गत साताको अन्तिम कारोबार दिन २ हजार ६९२ दशमलव ४७ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८५७ दशमलव ७५ विन्दुमा पुगेको हो । गत सातभन्दा यो साता १६५ दशमलव २८ अंक माथी नेप्से परिसूचक पुगेको हो ।
नेप्से परिसूचकसँगै ठुला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २४ दशमलव ६७ अंकले बढेको छ । गत साता ५०६ दशमलव १६ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५३० दशमलव ८३ विन्दुमा पुगेको हो । बढेको बजारमा यो साता लगानीकर्ताहरुको कुल सम्पत्तिको मूल्यमा पनि २ खर्ब ३३ अर्ब ८७ करोड रुपैयाँ भन्दा बढीको बृद्धि देखिएको छ । गत साता ३९ खर्ब ३ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ रहेको कुल बजार पू्ँजीकरण यो साता ४० खर्ब ३७ अर्ब १२ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस