aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म
Global IME
LBF

मार्तडी । बडीमालिका नगरपालिकाले दसौँ नगरसभाबाट पाँचवटा गौरवका योजना अघि सारेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बुढाकोर्ध फूल चढाउने केबुलकार आयोजना, बूढीगङ्गा नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना, नगरस्तरीय खेलकुद पूर्वाधार विकास आयोजना सञ्चालन गर्ने उपप्रमुख कविता विष्टले बताए । 

यसैगरी बडीमालिका पर्यटन विकास आयोजना, मार्तडी नमूना सहर विकास आयोजना र बडीमालिका औद्योगिक क्षेत्र विकास परियोजना नगरसभाले पारित गरेकोे उनले जानकारी दिए । आयतर्फ विभिन्न शिर्षकमा कूल चार करोड ५५ लाख ६० हजार ७८२ आम्दानी गर्ने लक्ष्य रहेकामा  हालसम्म रू २३ करोड ९२ लाख ८३ हजार २७६ आम्दानी भएको बताइएको थियो । 

नगरपालिकाको चालुतर्फको कूल ३० करोड ८८ लाख ७७  हजार ८२ रुपैयाँ बजेटमध्ये आठ करोड २६ लाख १९ हजार ७९५ रुपैयाँ खर्च भएको र  पूँजीगततर्फ  १७ करोड ६७ लाख ३० हजार रुपैयाँ मध्ये एक करोड २९ लाख ६ हजार ३८  रुपैयाँ खर्च भएको जानकारी दिइयो । विभिन्न कार्यविधि पारित गरेको नगरसभाले  नेरा मावि जडाङ्गालाई कक्षा ११ सञ्चालन अनुमति प्रदान गर्ने निर्णय गरिएको, सडक, शिक्षा, स्वास्थ्य, स्वरोजागरी र सूचना प्रविधि वडा नं ५ बाहेक सबै वडा केन्द्रसम्म सडक पुर्याउन सफल भएकोे उपप्रमुख  विष्टले  जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस