aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

हिमालयन-इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिदै, सञ्चय कोषद्वारा नयाँ डिडिए गर्न माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
हिमालयन-इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिदै, सञ्चय कोषद्वारा नयाँ डिडिए गर्न माग
Global IME
LBF

काठमाडौं ।  हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरमा कर्मचारी सञ्चय कोषको निर्देशममा भाँडिने भएको छ । सञ्चय कोषका विस्वास पार्ता हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले २९औं बार्षिक साधारणसभामा शेयर अनुपात नमिलेको भन्दै मर्जरको एजेण्डा नै अगाडि बडाएनन् । 

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज गर्ने कि नगर्ने भन्ने विषयमा मतदान भएको छ । त्यसको परिणाम आइसकेको छैन । हिमालयन बैंकले २९औं वार्षिक साधारणसभा शुक्रबार डाकेको थियो । सभामा सञ्चय कोषको तर्फबाट शेयर आदन प्रदान अनुपात नमिलेको भन्दै मर्जरको विपक्षमा प्रस्ताव पेश भएको थियो । 

अध्यक्ष श्रेष्ठले आफूसँग बैंकका लगानीकर्ताको ३६ प्रतिशतको समर्थन रहेको भन्दै विशेष प्रस्ताव आएको भन्दै अहिलेकै अवस्थामा मर्जर अगाडि नबढ्ने निर्णय सुनाएका थिए । सञ्चय कोषको प्रतिनिधिका रुपमा शिवराज पौडेलले अहिलेकै अवस्थामा मर्जर अगाडि नबढ्ने बताका छन । उनले सञ्चय कोषले नै २०७८ मंसिर २ गते नियुक्त गरेको विज्ञले दिएको प्रतिवेदनलाई आधार मानेर संयुक्त मर्जर समिति र डीडीए फर्मले दिएको प्रतिवेदनमाथि नै प्रश्न उठाए । उनले भने, ‘पहिलाको डिडिएका आधारमा मर्ज हुँदै अब नयाँ डिडिए गर्नपर्छ ।’

मर्ज भाँडिनुमा यस्तो छ कारण
 हिमालयन बैंक र नेपाल ईन्भेस्टमेन्ट बैंक भाड्न कर्मचारी सञ्चाय कोषका पदाधिकारी र हिमालयन बैंकका पदाधिकारी नै लागि परेको समाचार प्राप्त भएको छ । मर्जर भाँड्नेमा प्रमुख भुमिका खेल्नेमा हिमालयन बैंकका पूर्व संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठ, उनका भाइ तथा वर्तमान अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र कर्मचारी संचय कोषका तर्फबाट संचालक बनेका जितेन्द्र धिताल नै भएको बैंक स्रोतले बताएको छ ।  यस मर्जर भाँडिदा यी दुई बैंकलाई मात्र नभएर नेपाल राष्ट्र बैंक र नेपाल सरकारले नै मर्जर–प्राप्तिको उद्देश्य समेत हावा खाने पक्का पक्कि जस्तै छ । यस मर्जर भाँड्नका निम्ति महत्वपूर्ण भूमिका खेल्न सरकारी पक्ष संचय कोषका विभिन्न पदमा रहेका व्यक्तिहरु समेत लागि परेको स्रोतले बताएको छ ।  

हिमालयन बैंक र कर्मचारी सञ्चय कोषका पदाधिकारी नै किन मर्जर भाँड्न लागे भन्ने प्रश्न पनि बारम्बार उठ्ने गरेको छ । कर्मचारी संचय कोषले काठमाण्डौका विभिन्न स्थानमा ठूला ठूला भवनहरु बनाएर भाँडा खाने गरेको सबैलाई थहा नै छ । तर, यसरी काठमाण्डौको महंगो एरियामा बनेका भवनहरुबाट आमदानी कति, फाईदा कति भन्ने कसैलाई थाहा छैन । यसरी बनेका भवनहरुलाई भाँडामा दिंदा मोटा मोटा रकम लिएर त्यहींका कर्मचारीहरुका लागि भ्रष्टाचारको माध्यम् बनाइरहेको समाचर स्रोतले बताउँछ । 

यस्ता भवनहरू मध्यका एक हुन् ललितपुर पुल्चोकमा, यू।एन्। हाउसको ठ्याक्कै दक्षिण तर्फ रहेका अग्ला अग्ला भवनहरु पनि हुन्। यी भवनहरुमा केही संचय कोषले आफै प्रयोग पनि गरेका छन् भने धेरै जसो एकलौटि तरिकाले र त्यहीं कोषका एक कर्मचारीका अनुसार कौडिका भाउमा भाडामा लगाइरहेको बताएका छन् । तीक कर्मचारीका अनुसार नेपाल ईन्भेस्टमेन्ट बैकको शाखा लगायत जाईका ९जापान सरकार० लगायत विभिन्न ठूला संस्थाहरुका कार्यलयहरु छन् ।  कर्मचारी संचय कोषका यी भवनमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको एक कम्पनी रहेको बुझिएको छ । 

अहिले आएर मात्र नभएर हिमालयन बैंकका संचालक जितेन्द्र धितालको प्रचण्ड बहादुर श्रेष्ठसँग धेरै वर्षदेखि भएको लेनदेनको नाता रहेको छ । यसैले गर्दा उनीभन्दा पहिले कर्मचारी संचय काषका तर्फबाट संचालक र अध्यक्ष बनेका तुलसि गौतमले स्वयं सहि गरेर अघि बढाएको मर्जर त्यही संस्थाका अर्का कर्मचारी जितेन्द्र धितालले बाधा गरि भाँड्नुलाई अन्य अर्थ लगाउने ठाउँ नरहेको स्रोत बताउछ । 

यस अघि समेत बेलायती सरकारको दातृ निकाय सिडिसिले पाकिस्तानको हबिब बैंकको २० प्रतिशत शेयर खरिद गरेर संचालक समितिमा आउने प्रयास समेत श्रेष्ठ परिवार कै कारणले भाडिएको स्रोतले बताएको छ । यसमा प्रमुख भूमिका भनेको पूर्व संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठ बेलायतसम्म पनि पुगेको स्रोत बताउँछ । मनोज बहादुर अध्यक्ष हुँदा हालमा रहेको कमलादीको भवन निर्माणमा नियम विपरित गएर, आफैले सबै बिलहरु पास गरेर गरेका भ्रष्टाचारको पनि कथा छुट्टै रहेको बैंक स्रोतले बताएको छ । बैंकको भाव निर्माण कार्यका सम्बन्धमा राष्ट्र बैंक समेतले उनलाई गाली गरि नसियत समेत दिएको थियो । 

हिमालयन बैंकमा पकिस्तानको हबिब बैंकको २० प्रतिशत अर्थात २ करोड १३ लाख ८८ हजार ८ सय १ कित्ता शेयर छ । यो शेयर प्रतिकित्ता २८२ रुपैयाँको दरमा बिक्री गर्दा १८२ रुपैयाँ लाभ हुने हुन्छ । उक्त लाभमा २५ प्रतिशतका दरले पुँजीगत लाभकर गणना गर्दा करिब ८५ करोड रुपैयाँ छली गरेको बैंक स्रोतले बताएको छ ।  

हबिब बैंकले गत वर्ष हिमालयन बैंकमा रहेको आफ्नो शेयर लगानी बिक्री गर्न लगानीकर्तासँग छलफल गरेको थियो ।तर, उक्त शेयर तत्कालिन हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठका कारण विक्री हुन सकेको छैन । 

आ।व।२०७६÷७७ को वार्षिक साधारण सभा लगायत यस मर्जरका लागि आवश्यक विशेष साधारण सभा आजल ३० पौष २०७८ मा हुन लागेको छ  । यो मतदानबाट हिमालयन बैंकका वर्तमान सञ्चालन र कर्मचारी सञ्चाय कोषका पदाधिकारीहरुको नियत स्पष्ट हुन्छ । 
 

प्रतिक्रिया दिनुहोस