aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

माछापुच्छ्रे बैंकका ग्राहकले एम आइ शाओमी र पोको फोन शुन्य प्रतिशत इएमआइमा पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
nepalmegaschool
माछापुच्छ्रे बैंकका ग्राहकले एम आइ शाओमी र पोको फोन शुन्य प्रतिशत इएमआइमा पाउने
LBF

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले एम आइ शाओमी र पोको ब्राण्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु शुन्य प्रतिशत इएमआइमा पाउने भएका छन् । 

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक  र भास्टल इम्प्लेक्स प्रालि बीच बैंकको इन्स्टा पे सुविधा मार्फत मोवाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता पश्चात हताक्षर गरिएको हो । उक्त सम्झौतापत्रमा भास्टल इम्प्लेक्स प्रालिको तर्फबाट डाईरेक्टर नितेश कुमार मुन्द्र तथा  माछापुच्छ्रे बैेंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ्क श्री विनय रेग्मीले हस्ताक्षर गरेका थिए ।
 
सम्झौता पछि बैंकका ग्राहकहरुले  ६ देखि  ९ महिनासम्मका लागि शुन्य प्रतिशत इएमआइमा इन्स्टा पे मार्फत पन्ध्र हजार देखि  एम आइ शाओमी र पोको बा्रन्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु गरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको के्रडिट कार्ड तथा इन्स्टा पे बाट पाउन सक्नेछन् । हाललाई यो सुविधा भास्टल इम्प्लेक्स प्रालिको काठमाण्डौ स्थितशोरुम मार्फत प्रदान गरिने बैंकले जनाएको छ ।
 
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा  प्रदान गर्दै आएको छ ।  माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।
    
 

प्रतिक्रिया दिनुहोस