aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 

वित्तीय संस्थाको निक्षेप १.७ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
nabil bank
वित्तीय संस्थाको निक्षेप १.७ प्रतिशतले बढ्यो
Global IME
LBF

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप १.७ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको तथ्याङक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा वित्तीय संस्थाको निक्षेप १.७ प्रतिशतले बढेको हो । 

तथ्याङक अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.९ प्रतिशतले बढेको छ । 

२०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.१ प्रतिशत, ३१.५ प्रतिशत र ५४.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.१ प्रतिशत, ३३.१ प्रतिशत र ५०.० प्रतिशत रहेको थियो । 

२०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३९.० प्रतिशत रहेको छ । २०७७ मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ४२.७ प्रतिशत रहेको थियो । 

हेर्नुहोस यस्तो छ कर्जा प्रवाहको अवस्था 
आर्थिक वर्षको मंसिर मसान्तसम्म निक्षेप १.७ प्रतिशतले वृद्धि हुँदा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३१.२ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १०.० प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १२.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १७.५ प्रतिशतले बढेको छ । 

२०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.३ प्रतिशत र १२.१ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १२.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवाक्षेत्रतर्फको कर्जा ५.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ८.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १७.२ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा ५.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.० प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ८.२ प्रतिशतले र हायर पर्चेज कर्जा ५.१ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा ५.३ प्रतिशतले घटेको छ ।

पुनरकर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा 

बैंकको तथ्याङक अनुसार बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ मंसिर मसान्तमा १ खर्ब ६ अर्ब ९ करोड रुपैयाँ लगानीमा रहेको छ । 
मंसिर मसान्तसम्ममा १ लाख ३६ हजार ७१३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भइ २ खर्ब ११ अर्ब ८ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । 

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५५ हजार ७५७ ऋणीलाई प्रवाह भएको १ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७८ हजार २०० महिला उद्यमीलाई प्रवाह भएको ७४ अर्ब २५ करोड रुपैयाँ कर्जा रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७५६ ऋणीको ३ अर्ब ६४ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ मंसिर मसान्तसम्ममा १ अर्ब १ करोड रुपैयाँ स्वीकृत भएको छ ।
 

प्रतिक्रिया दिनुहोस