
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले तिन जना संस्थापक शेयरधनीको नाममा रहेको ८७ हजार १ सय कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
संस्थापक शेयर खरीद गर्न इच्छुक हाल कायम कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने भएकाले यो सुचना जारी गरेको ३५ दिने सुचना प्रकाशित गरेकोमा सो अवधिममा कुनै पनि संस्थापकको आवेदन परेन । जसले गर्दा हाल कायम संस्थापक शेयरधनीले शेयर खरीद गर्न इच्छा भएमा यो सुचना प्रकाशित भएको मितीले १५ दिन भित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय विर्तामोडमा निवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस