aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

एशियन लाईफले २७ प्रतिशत लाभांश पारित गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ पुस २०७८
एशियन लाईफले २७ प्रतिशत लाभांश पारित गर्दै
Global IME
LBF

काठमाडौं । हालसम्म सार्वजनिक जीवन बीमा कम्पनीहरुमध्य सर्वाधिक लाभांश प्रस्ताव गरेको एशियन लाईफ इन्स्योरेन्सले माघ २१ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २८ गतेको सञ्चालक समितिको बैठकले होटल दियालो लर्डस प्लाजा, आदर्शनगर, वीरगंजमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ प्रतिशत नगद लाभांशलाई पनि वितरण योग्य बनाउँनेछ । कम्नपीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो । 

बोनस पश्चात चुक्तापूँजी बृद्धि हुने हुदाँ सोही बमोजिमको पूँजी बृद्धि गर्ने प्रस्तावलाई पनि सभाले स्वीकृति प्रदान गर्नेछ ।  यस कम्पनीको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष सञ्चालन गर्न नियामक निकायसँग स्वीकृति लिने र सोको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस