aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

‘साइबर सेक्यूरिटी सम्बन्धी अध्ययनसंगै रोजगारीको ग्यारेन्टी गर्नु हाम्रो उद्देश्य हो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ पुस २०७८
‘साइबर सेक्यूरिटी सम्बन्धी अध्ययनसंगै रोजगारीको ग्यारेन्टी गर्नु हाम्रो उद्देश्य हो’
अरुण जोशी, कार्यक्रम प्रमुख तथा एसोसिएट डीन, ब्रिटिस कलेज
Global IME
LBF

नेपालीमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने उद्देश्यले स्थापना भएको कलेज हो, ब्रिटिस कलेज । बेलायतको शिक्षा स्वदेशमा नै दिने उद्देश्य सहित सन् २०१२ मा स्थापना भएको द ब्रिटिस कलेजले अहिले ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) बाट मान्यताप्राप्त गरेको नेपालको एक मात्र शैक्षिक संस्था बन्न सफल भएको छ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई संचालन गरेको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले यसै नोभेम्बर महिनाबाट सो विषयको पढाई संचालन गरेको हो । बेलायतमा इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट पनि यो विषयलाई मान्यता दिइएको छ । साथै कोरोना भाइरस (कोभिड– १९)को महामारीका कारण नेपालमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुको वृद्धि भएसँगै साइबरक्राइमको जोखिम पनि उत्तिकै रहेको हुँदा टीबीसीले संचालन गर्न लागेको यस विषयको पढाईले कुशल साइबर सुरक्षा र डिजिटल फरेन्सिकका विद्यार्थी उत्पादन गर्ने कलेजको लक्ष्य छ । केही समय अघि मात्रै कलेजले युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ग्ल्याण्ड (युडब्लुइ) को सम्बन्धनमा सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयक पढाई पनि शुरु गरेको छ । ब्रिटिस कलेजले डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढिरहेको नेपालभित्र साइबर सुरक्षा र डिजिटल फरेन्सिकको ठुलो आवश्यकता रहेकाले यससँग सम्बन्धीत शिक्षालाई पनि प्राथमिकता दिँदै आएको छ । साइबर सेक्युरिटीको पढाईले रोजगारी सृजना तथा हाल मार्केटमा देखिएको साइवर सुरक्षा सम्बन्धी समस्या कस्तो छ र यसको उपयोगी कस्तो रहेको भनेर आर्थिकन्युज डटकमका बिजय फुयाँलले कलेजका कार्यक्रम प्रमुख तथा एसोसिएट डीन अरुण जोशीसँग कुराकानी गरेका छन् । ब्रिटिस कलेजले नेपालमा लकडाउन भएमा अनलाइन कक्षालाई प्रभावकारी बनाउन हाइब्रेड प्रविधिबाट अनलाइन कक्षा सञ्चालन गर्दै छ ।  

साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक​ कोर्स बीएससी (हन्स)
ब्रिटिस कलेज एकदमै फरवार्ड संस्था हो । हाम्रोमा आगामी ४/५ वर्षमा हामीले के गर्ने भनेर हाम्रो फरवार्ड टिमले पहिले नै अध्ययन गर्छ । यसबीचमा हाम्रो मार्केटिङ टिमले अबको ४ वर्षमा विश्वभरी शिक्षाको क्षेत्रमा के हुदैछ भनेर अध्ययन गरेको थियो । उक्त अध्ययनको रिपोर्टले विश्वभरी साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय अहिलेको समयमा एकदमै आवश्यक रहेको निश्कर्ष निकाल्यो । यस सम्बन्धी विशेषज्ञहरु यो क्षेत्रमा धेरै नभएको हामीले थाहा पायौं । त्यसपछि हामीले यहाँको लोकल कम्पनीहरूमा अध्ययन गयौं । त्यस बिचमा नेपालका बैंक तथा वित्तीय संस्थाहरू साथै नेपाल पुलिससँग पनि अहिले नेपालमा साइबर सेक्युरिटीको कस्तो खालको इस्टाटस छ भन्ने अध्ययन गरेका थियौं ।  
यदि नेपालमा साइबर सेक्युरिटीमा केही समस्या आयो भने यसको समाधान गर्ने प्रणाली र विज्ञहरु नभएको थाहा पायौं । ती सम्पूर्ण डाटा हामीसँग आएपछि हामीले छलफल गरेर रोजगारको हिसाबले नेपाल तथा विदेशमा पनि यसको ठूलो डिमान्ड छ भन्ने महशुस भयो । नेपालमा साइबर सेक्यूरिटी सम्बन्धी अध्ययन गराउन हाम्रो उद्देश्य भनेको ४ वर्षपछि अभिभावक र विद्यार्थीहरूले चाहने रोजगारीको ग्यारेन्टी होस् भन्ने हो । जुन साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक कोर्स अध्ययन पछि रोजगारी र विद्यार्थीका लागि थप नयाँ अवसर हुन देख्यौं । 

यस क्षेत्रमा सम्भावना देखिएपछि हामीले युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ग्ल्याण्ड (युडब्लुइ)मा प्रस्ताव पठायौं । युनिभर्सिटीले पनि यो कोर्स एकदमै चल्छ र विद्यार्थीहरूबाट राम्रै माग हुन्छ भन्ने कुरा गर्नु भयो । हाम्रो अध्ययनले यो कोर्ष साउथ एसियामा राम्रै चल्छ देखेपछि हामीले इन्फरमेसन शेयर गयौं । अनि यो कोर्सलाई पनि नेपालमा ल्याउने प्रक्रियामा लाग्यौं । ब्रिटिस इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट मान्यता पाएको यो कार्यक्रम युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डबाट सम्बन्धन लिई नेपालमा पनि सुरु गर्यौ । यो कोर्स शुरु गरेपछि विद्यार्थी तथा अभिभावकहरूको राम्रै प्रतिक्रिया पाइरहेका छौं । 

ब्रिटिस कलेजमा अहिले यो विषय अध्ययनका लागि भर्ना गर्ने धेरै देखिरहेका छन । यस बिचमा हामीले साइबर सेक्युरिटी पढ्ने विद्यार्थीहरूलाई पढाई कै क्रममा र पढाई सकिएपछि कम्पनीहरूमा जोडिन पनि सजिलो होस् भन्नका लागि इन्ड्रष्ट्री एडभाइजरी कमिटी गठन गरेको छांै । यो कमिटीमा ६ जना नेपालका राम्रा कम्पनी चलाइरहनु भएकाहरु आबद्ध गरेका हुनुहन्छ । हामीले पढाइ रहेको विषय र कम्पनीले खोजेको विषयमा कस्तो ग्याप छ भनेर त्यसलाई पूर्णता दिनका लागि सय वटाभन्दा बढी कम्पनीहरूमा सम्झौता गरिसकेको छौं ।  

वित्तीय क्षेत्रमा पनि अहिले दैनिक झै केही न केही समस्याहरू आइरहेको छ । अझ सरकारी निकायमा त भविष्यमा हरेक विभागमा आइटी विभाग राखेर साइबर सेक्युरिटीको व्यवस्था हुनु पर्छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्था र केही दूरसञ्चार प्रदायकहरुले त साइबर सेक्युरिटीको सवालमा धेरै नै अघि बढिसकेका छन् । धेरै निजी क्षेत्रका कम्पनीहरू र सरकारी निकायले ४ बर्षको बिचमा यसको आवश्यकता महसुस गर्ने अवस्था आउँदै छ । अबको चार वर्षमा साइबर सेक्युरिटीको क्षेत्रमा हजारौँको सख्यामा रोजगारीको माग हुने सम्भावना छ । यो कोर्स पढेपछि स्वदेश तथा विदेश जता भए पनि रोजगारीको लागि सहजै आवेदन दिन सकिन्छ ।   

प्रोजेक्ट बेस पढाई 
अहिलेको नेपालको पढाइ भनेको मुख्य थ्योरि बेस छ । भर्खरै केहि कलेज तथा युनिभर्सिटीहरुले नयाँ तरिकाबाट कोर्स डिजाइन गर्न थालेका छन् । मास्टर र ब्याचलरमा ४–४ वर्ष पढ्नै पर्छ भन्ने बाध्यता बनाएका छन । यसले गर्दा पनि क्वालिटी म्यानपावर बाहिर आउन सकिरहेको छैनन् । उनीहरूको परीक्षा प्रणाली ३ घण्टाको जाँचमा जति लेख्यो त्यसैको आधारमा मूल्याङ्कन हुन्छ । विद्यार्थीले पढेकै जाँचमा आयो भने उसको राम्रो ग्रेड ल्याउछ । यदि, विद्यार्थीले पढ्न सक्ने वा पढ्न भुलेको विषय जाँचमा आयो भने फेल हुन्छ ।

तर, हाम्रोमा अन्य कलेजको तुलनामा पढाउने विधि नै धेरै नै फरक छ । हामी प्रोजेक्ट बेस एसेस्मेन्ट हुन्छ । यो भनेको कक्षा सुरु भएको दिन देखिनै निरन्तर एसेस्मेन्ट प्रोसेसमा पनि  ब्यालेन्स एसेस्मेन्ट हुन्छ जस्तै  ग्रुप वर्क हुन्छ, सेमिनार हुन्छ, वर्कसबहरु हुन्छन त्यस्तै गरेर हामीले विद्यार्थीको अध्ययनलाई र ज्ञानलाई समेट्ने सिनारियो क्रेट गछौं । यी प्रक्रियामा केस स्टडी हुन्छन । हरेक स्टेपमा चेक पोइन्टहरु बनाएका छौं र १२ हप्ता कक्षा सञ्चालन हुन्छन । जसको बिचमा एउटा चेक पाइन्ट र अन्तिममा पुन अर्को चेक पोइन्ट गरी २ वटा चेक पोइन्ट राखेका छौं । ती चेक पोइन्टहरुमा हामीले सबै मोडललाई ब्यालेन्स तरिकाले कुनैमा एउटा जाँच हुन्छ र अर्कोमा प्रिजेन्टेसन हुन्छ । कुनै एउटा रिसर्च विश्लेषण गर्नु पर्ने हुन्छ ।   

ग्याजुयटहरुलाई कसरी हामीले उसलाई सहयोग गर्ने भन्ने नै हाम्रो कजेलको उद्देश्य रहन्छ । ग्याजुयट्सहरुलाई सहयोग गर्ने मुख्य कन्टेन्ट भनेको एसेस्मेन्ट नै हो । हामीले हाम्रा कक्षाहरुलाई सन्तुलित तरिकाले लिएर जान्छौ । ता कि विद्यार्थीहरुलाई एसेस्टमेन्ट गर्दा परिक्षाको दृष्टिकोणभन्दा पनि विद्यार्थी कसरी सफल हुन्छन भन्नेलाई आधारित हुने र विद्यार्थी फेल नहोउन भन्ने नै हो । हाम्रो मुख्य उद्देश्य भनेको ब्रिटिस कलेजमा छिरिसकेपछि विद्यार्थी हरेक कोणबाट निपूर्ण होउन् । नेपालको अरू युनिभर्सिटीहरूमा एउटा बुकमा आधारित भएर सेलेबस बनाएका हुन्छन् ।  

हाम्रोमा बुक भन्ने हुँदैन र हामीसँग विद्यार्थीलाई पढाउने कोर्स मात्र हुन्छ र रिसर्च जर्नर पेपरहरु अध्ययन हुन्छन् । एउटा कोर्समा ५, ७ वटा रुटिङ बेस हुन्छन ताकि विद्यार्थीहरु त्यो कोर्स पुरा गरेपछि विश्वको विभिन्न देशमा त्योसँग सम्बन्धित इन्फरमेसनको लागि सहज होस । ब्रिटिस कलेजमा पढ्न आउने विद्यार्थीहरूको २ वर्षपछि नै सोचाइ नै अलि फराकिलो भएर जान्छ । जबकि अरू युनिभर्सिटीका विद्यार्थीको भने जाँचमा कसरी पास गर्ने भन्ने मात्रै लक्ष्य हुन्छ । 

ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता   
ब्रिटिस एक्रिडेसन भनेको एउटा निजी च्यारिटी अर्गनाइजेशन हो । यसले वल्डवाइड उच्च शिक्षा प्रदान गर्ने संस्थाहरुलाई एक्रिडेसन गर्छ । यो संस्थाको नेटवर्क अष्ट्रेलियादेखि युकेसम्म २४ राष्ट्रहरुमा रहेको छ । बेलायतमा १७० वटा संस्थाहरुसँग एक्रिडेसन गरिसकेको छ । यो सस्थाले भारतमा पनि एक्रिडेसन गरिसकेको छ । नेपालमा भने ब्रिटिस कलेज नै एक्रिडेसन पाउने पहिलो कलेज हो ।    

हामीले एक्रिडेसन गर्नुको मुख्य उद्देश्य भनेको युनिभर्सिटी लेबलको अध्ययन सबैले पाउने भन्ने हो । ब्रिटिस कलेजको मिसन भनेको सबैतह र तप्काका विधार्थीहरुलाई उच्च शिक्षा दिलाउनु हो । हाम्रो कलेजले एक्रिडेसन पाउनुको पछाडि धेरै प्रक्रियाहरु पुरा गरेको छ । कलेजको व्यवस्थापन पक्ष, विद्यार्थीहरुले पाउने शिक्षाको गुणस्तर लगायत सात वटा तहहरु पार गर्नपर्छ साथै फेरि यस भित्र पनि विभिन्न अतिरिक्त १० वटा विद्याहरु पुरा गरेपछि बल्ल ब्रिटिस कलेज विश्व स्तरिय कलेज हो भन्नका लागि एक्रिडेसन लेभलमा पुगेको हो ।   

हाम्रो ब्रिटिस कलेजले हरेक गतिविधीहरु च्यारिटी अर्गनाइजेशनमा पेश गरिरहनु पर्ने हुन्छ । यसभन्दा अघि जुलाईमा कलेजको सम्पूर्ण विवरण पेश गरेका थियौं । र, अब २÷२ वर्षमा पुनः रिएक्रिडेसनको परिक्षण गरिन्छ । 

अनलाइन कक्षा प्रभावकारी बनाउने योजना 
यसमा हामीले लेसन लर्नका कुराहरु गर्नु पर्ने हुन्छ । यसका लागि हामीले तयारी थालिसकेका छौं । अब लकडाउन भएमा हामी कसरी जाने भनेर केहि बुँदाहरु बनाएर त्यसमा काम गरिरहेका छौं । हाम्रोमा कोभिड कमिटि पनि बनाएका छौं । जसले १५/१५ दिनमा छलफल गर्ने गर्छ ।

अहिले हामीले भौतिक उपस्थितिमै पठनपाठन गराइरहेका छौं । यदि लकडाउन भएमा हामीले भौतिक उपस्थितीमा पठनपाठन गराउँदैनौं । यससंगै कोरोना संक्रमणको केहिमात्रामा बढेको छ तर लकडाउन भएको छैन भने हामीले सिफ्ट छुट्याएर कम विधार्थीको उपस्थितिमा फरक फरक समयमा पठनपाठन गराउने तयारीमा छौं ।

त्यस्तै, हामीले अहिलेको लेटेस्ट टेक्नोलोजी के छ भनि त्यसको पनि खोजी तथा छलफल गरिरहेका छौं । हामीले हाइब्रेड मोडलमा आधा विद्यार्थीलाई भौतिक उपस्थितिमा र आधालाई अनलाइनमार्फत पठन पाठन गराउने तयारी पनि थालेका छौं । यसका लागि हाइब्रेड प्रविधि निर्माणकर्ताहरुसँग विभिन्न चरणमा छलफल पनि गरिसकेका छौं । केहि प्रविधिको परिक्षण समेत गरिसकेका छौं । शिक्षक र विद्यार्थीबिचमा राम्रो अन्तक्रिया गराउनेखालको प्रविधि प्रयोग गर्ने तयारीमा समेत हामी लागिपरेका छौं ।    

अनलाइन कक्षाका लागि आवशयक पर्ने सबै पूर्वाधारहरु तयारी अवस्थामा छन् । करिब एक वर्षजति अनलाइन कक्षा नचलाएका कारण यसभन्दा पहिलाको अनलाइन कक्षाको प्रतिक्रिया विद्यार्थी र विश्व विद्यालयसँग लिएर यसलाई थप परिमार्जन गर्दै अनलाइन कक्षा सञ्चालन गछौं । यसमा हामीले पहिले अनलाइन कक्षा कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने सरोकारवालाहरुसंग छलफल गरेर मात्रै अगाडी बढ्छौं । यदि पुनः लकडाउनको अवस्था आएमा पहिलो विकल्प भनेको हाब्रेड प्रविधि नै हो ।   

प्रतिक्रिया दिनुहोस