aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 

कामना सेवा विकास बैंकको ३१ हजार ७२९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ पुस २०७८
nabil bank
कामना सेवा विकास बैंकको ३१ हजार ७२९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा
Global IME
LBF

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको ३१ हजार ७२९ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न सकिने गरी विक्रीमा आएको छ । कम्पनीले रुपेश थापाको नाममा रहेको ४ हजार ८३५ कित्ता र  श्रीराम पाण्डेको नाममा रहेको नाममा रहेको २६ हजार ८९४ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।  

कम्पनीले पुस २८ गते विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुन नसकेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री खुला भएको जानकारी दिएको हो । यो  शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर,काठमाडौंमा निवेदन दिनु पर्नेछ ।  

यस अघि कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी ३५ दिने सुचना जारी गरेको थियो । उक्त अवधिमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरुमा यो  शेयर विक्री गर्न लागिएको हो ।  
 

प्रतिक्रिया दिनुहोस