aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीसंग अन्तक्रिया, पाँच लाख बराबरको जोखिम बीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ पुस २०७८
nepalmegaschool
शिवम् सिमेन्टद्वारा निर्माणकर्मीसंग अन्तक्रिया, पाँच लाख बराबरको जोखिम बीमा
LBF

काठमाडौं । शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार ४५ निर्माण कर्मीहरुसंग निर्माण सम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्रमा सम्पन्न गरेको छ । अन्तरक्रिया साथै दैनिक निर्माण कार्यमा खटिने उक्त निर्माणकर्मीहरुको पाँच लाख बराबरको जोखिम बीमा समेत गराएको थियो ।
उक्त अन्र्तक्रिया कार्यक्रममा उपस्थित निर्माणकर्मीहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीहरुलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो । 

सो अन्र्तक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि पाँच लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको थियो । यसका साथै उपस्थित ३ हजार ४५ निर्माण कर्मीहरुलाई दैनिक कार्यमा आवश्यक पर्ने सामानहरु, व्याग, टिफिन बक्स आदिका साथै इन्सुरेन्स पोलिसी समेत हस्तान्तरण गरेको थियो । 

शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो विक्रि क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगाएतका जिल्लाहरुको विभिन्न ५२ स्थानमा उक्त निर्माण परामर्श कार्यक्रम संचालन गरिएको थियो । 

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन । उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरु को लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस