aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 

हिमालयन बैंकको नयाँ शाखा कञ्चनपुरको चम्मनचोकमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ पुस २०७८
nabil bank
हिमालयन बैंकको नयाँ शाखा कञ्चनपुरको चम्मनचोकमा
Global IME
LBF

काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–६, चम्मनचोकमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले उक्त  शाखाबाट सम्पुर्ण ग्राहकहरुलाई  अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउनेछ । महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ । 

बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक  बैजनाथ प्रसाद कोइरीले बताए । 
 

प्रतिक्रिया दिनुहोस