aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 

एनएमबि बैंकको एक लाख ४९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर मंगलवारदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ पुस २०७८
nabil bank
एनएमबि बैंकको एक लाख ४९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर मंगलवारदेखि विक्रीमा
Global IME
LBF

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक तर्फको १ लाख ४९ हजार ६९३ कित्ता संस्थापक शेयर पुस २७ गते मंगलवारदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. २२० तोकेर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । 

मंगलवार नै ३५ दिने सुचना जारी गरेको बैंकले तोकिएको अवधिभित्र इच्छुक विद्यमान संस्थापकहरुले बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा शेयर कित्ता र प्रतिकित्ता रकम खुलाई निवेदन दिनुपर्ने बताएको छ ।  

तोकिएको अवधिभित्र यो शेयर विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुन नसकेमा भने बैंकले अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस