aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

नेप्सेमा नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ पुस २०७८
नेप्सेमा नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन
Global IME
LBF

काठमाडौं । मंगलवार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीको सोमवार कायम अन्तिम शेयरमूल्य रू. ३ हजार ६६० को आधारमा नेप्सेले ४० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. २ हजार ६१४ तोकेको हो । यस वर्ष कम्पनीले ४० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

यस वर्ष कम्पनीले गत वर्षसम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ४१ करोड ९० लाख ५३ हजारको आधारमा उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले माघ ६ गते आठौं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभा क्रिक रिसार्ट, धादिङबेसी, धादिङमा विहान ११ बजे सभा सुरु हुनेछ । 

सभाले अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तोकेको हो । बुक क्लोजको आधारमा पुस २६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस