aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

सोमवारदेखि प्रिमियर इन्स्योरेन्सको ५ लाख ३८ हजारभन्दा बढी संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ पुस २०७८
सोमवारदेखि प्रिमियर इन्स्योरेन्सको ५ लाख ३८ हजारभन्दा बढी संस्थापक शेयर लिलामीमा
Global IME
LBF

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले पुस २६ गते सोमवारदेखि संस्थापक तर्फको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता रू. ३९५ तोकेर विद्यमान संस्थापक तथा अन्य जो कोही व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी माघ ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यो शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ता वा अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा पुस २६ गतेपछि घोषणा हुने लाभांश तथा बोनस शेयर समेत प्राप्त गर्न सकनेछन् । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट भने लाभांश प्रस्ताव गरिसकेको छ । 

कम्पनीको मंसिर ३ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि भने कम्पनीले हालसम्म वार्षिक साधारण सभाको मिति तय गरेको छैन् । 
 

प्रतिक्रिया दिनुहोस