aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ पुस २०७८
nepalmegaschool
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय
LBF

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै आज बसेको सिसिएमसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। 

सिसिएमसीका प्रवक्ता सुनिता नेपालका अनुसार आज बसेको सिसिएमसीको बैठकले भोलिदेखि नै लागू हुने गरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । साथै परीक्षाको तालिका सार्वजनिक भइसकेका शिक्षण संस्थाको हकमा सामाजिक दूरी कायम गर्दै परीक्षा संचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै, बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ । आज मात्रै ११ सय भन्दा बढी कोरोना संक्रमित थपिएका थिए । 

प्रतिक्रिया दिनुहोस