aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

ओली सरकारले घोषणा गरेको ६ वर्षमा पनि तुईन विस्थापित भएनन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ पुस २०७८
nepalmegaschool
ओली सरकारले घोषणा गरेको ६ वर्षमा पनि तुईन विस्थापित भएनन
LBF

काठमाडौं । ओली सरकारले विस २०७२ असोजमा नै सम्पूर्ण तुईन विस्तापित गर्ने घोषणा गरेको थियो । तर, ६ वर्ष वित्न लाग्न समेत तुईन विस्तापित हुनसकेका छैनन् । देशैभरीका तुइन दुई वर्षभित्र सबै तुईन विस्थापित गर्ने घोषणा गरेपनि अझै  १२ वटा तुईन विस्थापित हुनबाँकी रहेका छन् । 

नवलपरासीको कालीगण्डकी नदीमा रहेको मख्खुफाँट रहेको तुईन, भेरी नदीमा रहेको कुटाघाट मल्टीस्पान तुईन, भेरी नदीकै अर्को गल्फाघाट मल्टीस्पान तुईन, कर्णालीनदीको बुगाडघाट तुईन, इगुलबारे खोलाको इगुल्बारे तुईन, कर्णलीनदी कै अर्को नाल्ला छिप्रा तुईन, बोक्चे गौडा तुईन, लोप्रेको तुईन, महाकालीनदीको बरती तुईन, मल तुईन पुल,बाँकु तुईन र बडुगाँउ तुईन विस्थापन हुन बाँकी रहेका छन् ।
 
ओली सरकारले तुइन विस्थापन गर्ने घोषणा यता दुई वटा सरकार परिवर्तन भइसकेका छन् । सरकार परिवर्तन भएसँगै केपी ओली पुन प्रधानमन्त्री भएपछि १२८ वटा तुइनहरु भने विस्थापन भइसकेको पुर्वाधार विभागका सिनियर डिभिजन इन्जिनियर गौरीकुमार श्रेष्ठले जानकारी दिए । 

विस्थापित हुनबाँकी रहेका तुइनहरु चैत्र मसान्तसम्ममा १० वटा विस्थापन गर्ने योजना रहेको स्थानिय पुर्वाधार विभागका सिनियर डिभिजन इन्जिनियर श्रेष्ठले दावी गरे  । कोराना महामारीका कारण काम रोकिएकाले समयमै सम्पन्न हुन नसकेको उनको भनाइ छ । सरकारले चालु आर्थिक वर्षको चैत्रसम्म ठेकेदार कम्पनीहरुलाई काम सक्न समय थप गरेको उनले जानकारी दिए । 
नेपाल र भारतका क्रस बोडरमा चेकपोष्ट बनाउन पर्ने काम बाँकी भएकाले तुइन विस्थापित हुनबाँकी रहेको उनले बताए । ओली सरकारको कार्यकालमा विस्थापन गर्न घोषणा गरिएका आधिकारिक तुइनहरु १४० वटा रहेका थिए । 
 

प्रतिक्रिया दिनुहोस