
काठमाडौं । कोसी गाउँपालिका–७ हरिपुरका सहदेव मुखियालाई आजभोलि पहिलाको जस्तो आर्थिक समस्या अरुसँग छैन ।
दुईचार वर्ष अघिसम्म अरुसँग सरसापट लिने उनी आजकल भने उल्टै दिन सक्ने हैसियत राख्छन् ।
सानो माटोको घर भत्काएर सुकुम्बासी बस्तीमा अढाइ लाख खर्च गरेर टिनको दुई तले घरसमेत बनाएका छन्, मुखियाले ।
उनका छोराहरु पन्जाबमा कमाई गर्न थालेपछि मुखियाको दिनचर्या मात्रै होइन जीवनशैली नै फेरिएको छैन ।
उनका दुई छोरा रन्जित र कारी तीन वर्षदेखि पञ्जाबसम्म विस्कुट फ्याक्ट्रीका काम गर्छन् । त्यसबाट महिनाको १२ देखि १५ हजारसम्म कमाउने गरेको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस