aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 

आजको विदेशी विनिमयदर, अमेरिकी डलर सस्तो हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ पुस २०७८
nabil bank
आजको विदेशी विनिमयदर, अमेरिकी डलर सस्तो हुँदै
Global IME
LBF


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आइतबारका लागि अमेरिकी डलरको मूल्यमा अढाई महिना यताकै सबैभन्दा कम रहेको छ । आइतबार  एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७४ पैसा र विक्री दर ११९ रुपैयाँ २४ पैसा रहेको छ । विहीबार  एक अमरिकी डलर बराबर ११९ रुपैयाँ २८ पैसा खरिदर रहेको छ भने बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको थियो । बुधबार एक डलरको खरिददर ११९ रुपैयाँ १५ पैसा विक्रीदर ११९ रुपैयाँ ७५ पैसा रहेको थियो । 

युरोपेली मुद्रा यूरो एकको खरिददर १३४ रुपैयाँ ४५ पैसा र विक्रीदर १३४ रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै, अस्टेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २७ पैसा र विक्री दर ८६ रुपैयाँ ७१ पैसा रहेको छ । 

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ । जापानीज ऐन १० को खरिददर १० रुपैयाँ ३१ पैसा र विक्रीदर १० रुपैयाँ ३६ पैसा रहेको छ । 

त्यस्तै सबैभन्दा महगो मुद्रा कुवेती दिनारको एक हप्ता पहिला एकको खरिददर ३९२ रुपैयाँ २४ पैसा भने विक्रीदर ३९४ रुपैयाँ २२ पैसा रहेको थियो । त्यस्तै बहराइन दिनार पनि एकको खरिददर ३१४ रुपैयाँ ६७ पैसा र विक्रीदर ३१६ रुपैयाँ २७ पैसा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस