aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 

अमेरिकी डलरको मूल्य कम हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ पुस २०७८
nabil bank
अमेरिकी डलरको मूल्य कम हुँदै
Global IME
LBF

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  अमेरिकी डलरको मूल्यमा आज सामान्य गिरावट आएको छ । बुधबार अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ ६७ पैसा विक्रीदर १२१ रुपैयाँ २७ पैसा रहेको थियो । विहीबार लागि एक डलरको खरिददर १२० रुपैयाँ ५९ पैसा रहेको थियो । भने विक्रीदर १२१ रुपैयाँ १९ पैसा रहेको थियो । शुक्रबारका लागि एक डलरको खरिददर १२० रुपैयाँ ०८ पैसा रहेको थियो । भने विक्रीदर १२० रुपैयाँ ६८ पैसा रहेको थियो । 

युरोपेली मुद्रा यूरो एकको खरिददर १३५ रुपैयाँ ९५ पैसा र विक्रीदर १३६ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, अस्टेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र विक्री दर ८७ रुपैयाँ ३८ पैसा रहेको छ । 

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र विक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको छ । जापानीज ऐन १० को खरिददर १० रुपैयाँ ५० पैसा र विक्रीदर १० रुपैयाँ ५६ प्रैसा रहेको छ । 

त्यस्त, कुवेती दिनारको एकको खरिददर ३९६ रुपैयाँ ८७ प्रैसा पुगेको छ भने विक्रीदर ३९८ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै बहराइन दिनार पनि एकको खरिददर ३१८ रुपैयाँ ५१ पैसा र विक्रीदर ३२० रुपैयाँ १० पैसा रहेको छ । 

त्यस्तै सबैभन्दा महगो मुद्रा कुवेती दिनारको एक हप्ता पहिला एकको खरिददर ४०० रुपैयाँ ५८ प्रैसा पुगेको छ भने विक्रीदर ४०२ रुपैयाँ ५६ पैसा रहेको थियो । त्यस्तै बहराइन दिनार पनि एकको खरिददर ३२२ रुपैयाँ ०९ पैसा र विक्रीदर ३२३ रुपैयाँ ६८ पैसा रहेको थियो । 

प्रतिक्रिया दिनुहोस