aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

‘अरू कम्पनीको तुलनामा वैद्यखानाको औषधि सस्तो छ, बन्द रहेका उत्पादन चाडै नै पुनः सुचारु गर्छौँ’

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • मंगलबार, ०६ पुस २०७८
‘अरू कम्पनीको तुलनामा वैद्यखानाको औषधि सस्तो छ, बन्द रहेका उत्पादन चाडै नै पुनः सुचारु गर्छौँ’
NIBL

काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिले सुरुवातको समयमा १५० प्रकारको औषधि उत्पादन गर्थ्यो । तर, यस समितिले अहिले मुस्किलले ३०/३५ वटा औषधि उत्पादन गर्ने गरेको छ ।  

वैद्यखानाले ट्याब्लेट र धुलो दुवै खाले औषधि बनाउने गर्छ । यससँगै वैद्यखानामा च्यवनप्राश, कब्जियत, पिसाब पोल्ने, पाइल्स, दम, खोकी, पत्थरी, ग्यास्ट्रिक, अल्सर, युरिक एसिड, मधुमेह, सेतोपानी बग्ने, चाया पोतो, शंखभस्म, गुग्लु, कौडीको भस्म मोतीको भस्म यौन रोगलगायतका औषधि उत्पादन गरिन्छ ।   

सिंहदरबार वैद्यखाना विकास समितिले यसअघि बन्द भएका आयुर्वेदिक औषधिहरूको उत्पादन अब फेरी थाल्ने तयारी गरेको जनाएको छ । समितिका अनुसार बन्द भएका आयुर्वेदिक औषधिहरूको उत्पादन चालू आर्थिक वर्षभित्रै सुरु गरिने भएको हो ।    

यस आर्थिक वर्षमा सबै नसके पनि बन्द भएका धेरै उत्पादनलाई सुचारु गर्ने तयारी रहेको सिंहदरबार वैद्यखानाका निमित्त कार्यकारी निर्देशक सवरी साहले जानकारी दिए । उनले भने, ‘औषधि बनाउने मेसिन बिग्रिएका कारण पनि उत्पादन घटेको हो । यो आर्थिक वर्षमा सबै खाले औषधि उत्पादन गर्न नसके पनि धेरै जसो औषधिहरूको उत्पादन सुचारु गर्छौँ ।’ साथै, औषधि बनाउने मेसिन बिग्रेका कारण औषधि उत्पादनमा कमी आएको निर्देशक साहको दाबी छ । 

साथै दक्ष जनशक्तिको अभाव र बिग्रिएका मेसिन बनाउने पार्टी पुर्जा नेपालमा नभएका कारण पहिलेको तुलनामा औषधिको उत्पादन घट्न गएको समेत उनले जानकारी दिए । उनी भन्छन्, ‘दक्ष जनशक्तिको अभाव र बिग्रिएका मेसिन बनाउने पार्टी पुर्जा नेपालमा नभएका कारण पहिलेको तुलनामा औषधिको उत्पादन घट्न गएको हो ।’   

वैद्य खानामा शास्त्रीय योग अनुसारको औषधि मात्र बन्ने भएकाले रोग अनुसारको औषधि नबन्ने पनि उनले जानकारी दिए । उनले भने, ‘वैद्य खानामा शास्त्रीय योग अनुसारको औषधि मात्र बन्छ । जसले गर्दा रोग अनुसार को औषधि बन्दैन ।’  

नेपालमा थरिथरिका बिरामी हुने भएकाले बिरामीको अवस्था हेरेर सबै खाले औषधि बनाउन सम्भव नरहेको उनको भनाई छ । उनले भने, ‘बिरामीको अवस्था हेरेर सबै खाले औषधि उत्पादन गर्न नेपालमा सम्भव छैन । त्यसैले विदेशी उत्पादन पनि नेपाललाई चाहिन्छ ।’ 

उनका अनुसार विशेष गरी नेपालमा आयुर्वेदिक औषधिहरू भारतबाट नै बढी आउने गरेको छ । नेपालमा प्राविधिक दक्ष जनशक्तिको अभाव, सरकारको नीति र औषधि उत्पादन गर्ने कम्पनीले चासो नदिएका कारण पनि पर्याप्त मात्रामा औषधि उत्पादन गर्न समस्या भएको उनले गुनासो गरे । उनले भने, ‘नेपालमा प्राविधिक दक्ष जनशक्तिको अभाव, सरकारको नीति र औषधि उत्पादन गर्ने कम्पनीले चासो नदिएका कारण पनि पर्याप्त मात्रामा औषधि उत्पादन गर्न समस्या भएको छ ।’

तर नेपालमा प्राविधिक दक्ष जनशक्ति र औषधि उत्पादन गर्ने कम्पनीले चासो दिन सके विदेशी औषधिहरूको आयातमा प्रतिस्थापन गर्न सकिने उनले बताए । उनले भने, ‘पर्याप्त प्राविधिक दक्ष जनशक्ति र औषधि उत्पादन गर्ने कम्पनीले चासो दिन सके विदेशी औषधिहरूको आयातमा प्रतिस्थापन गर्न सकिन्छ ।’    

वैद्य खानाको औषधि अरू कम्पनीको तुलनामा सस्तो रहेको उनी दाबी गर्छन् । उनी भन्छन्, ‘कुनै एक दुई वटा उत्पादन महँगो भए पनि बजारमा अरू कम्पनीको तुलनामा सस्तो छ । च्यवनप्रकाश, आलो जङ्गली अमलाबाट बन्ने भएकाले महँगो हुने गरेको उनले बताए । 

आर्थिक वर्ष २०७७/७८ मा सिंहदरबार वैद्य खानामा कुनै ठेक्का नै नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘आर्थिक वर्ष २०७७/७८ मा सिंहदरबार वैद्य खानामा कुनै ठेक्का नै थिएन ।  आव २०७६/७७ मा भएको ठेक्काबाट पनि ५० प्रतिशत मात्र जडीबुटी किनिएको थियो । अहिले ठेक्काका लागि भने प्रक्रिया अघि बढी रहेको छ ।’  

वैद्य खानामा सरकारी अनुदान भन्दा पनि बजेट आउने गरेको उनले बताए । उनले भने, ‘वैद्य खानामा सरकारी अनुदान भन्दा पनि बजेट आउँछ । तर थोरै बजेट आउने भएकाले औषधि उत्पादनबाट भएको आम्दानीबाट  नै कर्मचारीको तलब र खर्च धानिरहेको छौ ।’ त्यस्तै, उनले अगाडी भने, ‘सरकारले बजेट दिए पनि थोरै दिन्छ हामीले औषधि उत्पादनबाट नै आजसम्म सबै खर्च धानिरहेको छौ भोलि के हुन्छ थाहा छैन ।’  

भौगोलिक विविधताका कारण धेरै थरीका जडीबुटी नेपालमा हुने भए पनि औषधि उत्पादनका लागि भने सबै खाले जडीबुटीहरू नेपालमा पर्याप्त नरहेको उनको भनाई छ । उनले भने, ‘नेपालमा धेरै थरीका जडीबुटी पाइने भए पनि औषधि उत्पादनका लागि भने पर्याप्त मात्रामा छैन ।’ 

उनका अनुसार गुग्लु, नेपालमा पाइँदैन राज स्थानबाट ल्याउनु पर्छ । असोगन्धा गुट्की र चिराइतो भने नेपालमा पाइने भए पनि पर्याप्त मात्रामा नहुँदा भारतबाट पनि ल्याउनु पर्छ । अमला हर्रो नेपालमै भएका जडीबुटीहरू पनि पर्याप्त नरहेको कारण अन्य देशहरूबाट आयात गर्नुपर्ने हुन्छ । ठेक्का अनुसार जडीबुटीहरू ल्याउने भएकाले बजारमा माग र उत्पादनमा सहजता नभएको समेत उनले बताए ।  

वैद्य खानामा उत्पादन भन्दा खर्च धेरै रहेको छ । वार्षिक रूपमा प्रशासनिक खर्च ४ करोड सम्म हुने गरेको उनले बताए । उनले भने, ‘वार्षिक रूपमा प्रशासनिक खर्च ४ करोड सम्म हुन्छ तर आम्दानी भने खर्च भन्दा कम रहेको छ । उत्पादन नै कम रहेकाले आम्दानी कम भएको हो ।’ साथै, आम्दानी भन्दा खर्च कम रहेको भए पनि अघिल्लो वर्षहरूमा भएको आम्दानीले नै खर्च चलिरहेको उनी बताउँछन् । 

बजारमा अहिले च्यवनप्रकाश, यार्सागुम्बा, सिलाजित पीडाहर  मलम, अशोकारिष्ट, ताम्रचुडादी तेल र तुलसी चियाको माग बढी रहेको छ । दैनिक रूपमा बढी प्रयोग हुने सामानको माग बढी छ ।  

वैध खानालाई पुरानै लयमा फर्काउने लक्ष्य रहेको छ उनले बताए । उनले भने, ‘बिग्रिएका मेसिनहरू बनाएर, भट्टीलाई आधुनिकीकरण गरेर वैध खानालाई पुरानै लयमा फर्काउने लक्ष्य लिएको छु ।’ साथै उनले औषधिको उत्पादनबाट वार्षिक १० करोडसम्म आम्दानी गर्ने लक्ष्य लिएको जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस