aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

एचआइडिसीएल शतप्रतिशत हकप्रद निष्कासनको तयारीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
himalayanlife
एचआइडिसीएल शतप्रतिशत हकप्रद निष्कासनको तयारीमा
DHI
NIBL

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (जलविद्युत लगानी तथा विकास कम्पनी)ले शतप्रतिशत हकप्रद शेयर विक्रीको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ बराबर १ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर विक्री गर्न असार ३१ गते निवेदन दिएको हो । यो हकप्रद जारी गर्नका लागि कम्पनीले गत पुस ३० गते वार्षिक साधारण सभामार्फत निर्णय पारित गराएको थियो । 

कम्पनीले उक्त सभाबाट १० अर्ब चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र बोनस पश्चात कायम हुने चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको थियो । १० प्रतिशत बोनस शेयरपछि कायम भएको  ११ अर्ब रुपैयाँ चुक्तापूँजीको आधारमा कम्पनीले हकप्रद जारी गर्नेछ । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी  २२ अर्ब रुपैयाँ पुग्नेछ । हकप्रद विक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पुरा गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस