राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट मेरिएट होटलमा - Aarthiknews
aarthiknews.com आइतबार, ०१ भदौ २०७६   Sunday, 18 August, 2019
 

राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट मेरिएट होटलमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
Sunrise bank
राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट मेरिएट होटलमा
LBEF
IPS


काठमाडौं ।  काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट राजस्थानी भोजनको फुड फेस्टिभल आयोजना गरेको छ । मेवार र मारवार व्यञ्जनबाट पे्ररित भएर राजस्थानको क्वीलिनेरि उस्तादले बनाएको योे भोजनको अनुभव लिन तपाईं पक्कौ पनि छुट्न चाहानुहुन्न होला ?

मेवार र मारवारको दाल बाटी, लाल मास, गट्टा करी, मिठाइमा गिवार तथा लाइभ हट सिज्लिङ कवावको प्रचुर बफेको मज्जा उठाउनुहोस । यो खानाले तपाईंलाई राजस्थानी लोक भाकाको आनन्द प्रदान गर्दै तपाईंलाई नेपालमै बसेर राजस्थानमा भएको महशुस गराउँछ ।

बफे साझँ ६ः३० बजे बाट बेलुका १०ः३० बजेसम्म खुल्ला रहनेछ । यसको मुल्य नेपाली २४००ंं रुपैया रहेको छ र रु ३०००ंं तिरेर तपाईंले अनलिमिटेड काल्सबर्गको आनन्द लिन पनि सक्नुहुन्छ । काठमाडौं मेरिएट होटलमा यो मेवार र मारवार फुड फेस्टिभल २८ जुलाई सम्म जारी रहनेछ । त्यसैले आफ्नो परिवार र साथीभाईहरुसँग गएर नेपालमै राजस्थानी खानाको आनन्द लिनुहोस् । 

प्रतिक्रिया दिनुहोस