गत आवमा ३ खर्बका पौने ८ सय उद्योग दर्ता - Aarthiknews
aarthiknews.com आइतबार, ०१ भदौ २०७६   Sunday, 18 August, 2019
 

गत आवमा ३ खर्बका पौने ८ सय उद्योग दर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
Sunrise bank
गत आवमा ३ खर्बका पौने ८ सय उद्योग दर्ता
LBEF
IPS

 काठमाडौं । गत आर्थिक वर्षमा ३ खर्बभन्दा बढी लगनाीका उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ३ खर्ब ११ अर्ब ९ करोड १३ लाख ७० हजार रुपैयाँ लगानी प्रतिबद्धता भएका उद्योग दर्ता भएका हुन्  । 

गत आर्थिक वर्षमा २ खर्ब ८२ अर्ब ६७ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिबद्धता आउँदा २८ अर्ब ४१ करोड २१ लाख १० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको विभागले जानकारी दिएको छ । विभागमा एक वर्षभित्र ७ सय ७३ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा स्वदेशी लगानीका ४ सय ३६ वटा र ३ सय ३७ वटा विदेशी लगानीका उद्योग दर्ता भएका हुन् ।

विभागको तथ्यांकअनुसार वैदेशिक लगानीमा पर्यटन र सेवा क्षेत्रमा उल्लेख्य प्रतिबद्धता आएको छ । स्वदेशी लगानी भने उत्पादनमुलक क्षेत्र, पर्यटन क्षेत्र र सेवामुलक क्षेत्रमा बढी छ ।

पछिल्लो एक वर्ष विभागबाट उत्पादनमुलक क्षेत्र मात्रै ५० अर्ब ६ करोडबराबरको स्वदेशी लगानी प्रतिवद्धता आउँदा पर्यटन क्षेत्रमा भने ११ अर्बको प्रतिबद्धता आएको छ । यस्तै सेवामुलकमा ५ अर्ब ४५ करोडको स्वदेशी लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ । 
वैदेशिक लगानीको प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा ११ अर्ब ९८ करोड ४८ लाख, सेवा क्षेत्रमा ६ अर्ब ५१ करोडबराबरको लगानी आएको विभागको तथ्यांकमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस