एकल बिन्दु सेवा केन्द्रबाट एक खर्बको १२८ उद्योग दर्ता - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

एकल बिन्दु सेवा केन्द्रबाट एक खर्बको १२८ उद्योग दर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
Sunrise bank
एकल बिन्दु सेवा केन्द्रबाट एक खर्बको १२८ उद्योग दर्ता
LBEF
NCH-IPS

काठमाडौं । सेवाग्राहीलाई एकै ठाउँबाट कम्पनी दर्तासम्बन्धी सबै सेवा प्रवाह गर्न स्थापना गरेको एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा आएको दुई महिनामा १२८ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका उद्योगमध्ये ६९ वटा उद्योग विदेशी लगानीका भएका हुन् भने स्वदेशी लगानीमा ५९ वटा उद्योग दर्ता भएका छन् ।

नयाँ खुल्न लागेका स्वदेशी तथा विदेशी उद्योगले १ खर्ब २ अर्ब ४१ करोड ७९ लाख ५० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागका महानिर्देशक विनोदप्रसाद सिंहले बताए । निर्देशक सिंहका अनुसार विदेशी लगानीेमा १२ अर्ब ४१ करोड ९३ लाख ३५ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको बाँकी ८९ अर्ब ९९ करोड ८६ लाख रुपैयाँ स्वदेशी लगानीकर्ताद्वारा लगानी प्रतिबद्धता जनाएको छ । 


विभागको तथ्यांकअनुसार उक्त केन्द्रबाट वैदेशिक लगानी पर्यटन र सेवा क्षेत्रमा उल्लेख्य रुपमा प्रतिबद्धता आएको छ । तर, स्वदेशी लगानीको प्रतिबद्धता भने ऊर्जा क्षेत्र, उत्पादनमुलक क्षेत्र र पर्यटन क्षेत्रमा बढी छ । पछिल्लो २ महिनामा उक्त केन्द्रबाट ऊर्जा क्षेत्रमा मात्रै ८२ अर्ब ९७ करोड बराबरको स्वदेशी लगानी प्रतिबद्धता आउँदा उत्पादनमुलक क्षेत्रमा ३ अर्बको स्वदेशी लगानी प्रतिबद्धता आएको छ । यस्तै पर्यटन क्षेत्रमा २ अर्ब ३२ करोडको स्वदेशी लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।


वैदेशिक लगानीको प्रतिबद्धतामध्ये एकल बिन्दु सेवा केन्द्रबाट पर्यटन क्षेत्रमा २ महिनामा ६ अर्ब ४२ करोड बराबरका उद्योगमा प्रतिबद्धता आएको छ । यस्तै ४ अर्ब ५४ करोड बराबरको सेवा क्षेत्रका समेत लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस