नेप्से २ अंकको वृद्धि, कारोबारमा उच्च नेपाल लाइफ इन्स्योरेन्स - Aarthiknews
aarthiknews.com आइतबार, ०१ भदौ २०७६   Sunday, 18 August, 2019
 

नेप्से २ अंकको वृद्धि, कारोबारमा उच्च नेपाल लाइफ इन्स्योरेन्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
Sunrise bank
नेप्से २ अंकको वृद्धि, कारोबारमा उच्च नेपाल लाइफ इन्स्योरेन्स
LBEF
IPS

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ दशमलव ४८ अंकले बढेर १ हजार २ सय ७१ दशमलव २३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव १९ अंकले बढेर २ सय ७३ दशलमव ५० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर खरिदबिक्री भई ३१ करोड ६६ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । जसको कारोबार आज २ करोड ३६ लाख ९८ हजार रुपैयाँ बराबरको भएको छ । 

यस दिन सर्वा्िधक कमाउनेमा एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको रहेको छ । जसको शेयर मूल्यमा ६ दशमलव ९३ प्रतिशतले बढेको छ । 

साथै सर्वा्िधक गुमाउनेमा महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ७२ प्रतिशतले घटेको छ । 

यस दिन ११ वटै उपपरिसुचकहरुमा ८ वटा समूहहरुमा हरियाली छाएको छ । भने बाँकी ३ वटा समूह घटेका छन् । 
 

प्रतिक्रिया दिनुहोस