ऋण असुली न्यायाधीकरणले गत आवमा सवा ४ अर्बको ऋण उठायो - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

ऋण असुली न्यायाधीकरणले गत आवमा सवा ४ अर्बको ऋण उठायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
Sunrise bank
ऋण असुली न्यायाधीकरणले गत आवमा सवा ४ अर्बको ऋण उठायो
LBEF
NCH-IPS

काठमाडौ । ऋण असुली न्यायाधीकरणले गत आर्थिक वर्षमा विभिन्न कम्पनी तथा फर्मसँग सम्बन्धित १०४ वटा मुद्दा फछ्र्यौट गरेको छ । न्यायाधीकरणमा कुल ५०५ वटा मुद्दा रहेको मध्येका १०४ वटा मुद्दा को निर्णय भएको हो । 

फैसला कार्यान्वयन मुद्दा अघिल्लो आर्थिक वर्षबाट ४०९ वटा मुद्दाको जिम्मेवारी सारिएको थियो । अघिल्लो वर्षबाट फैसला कार्यान्वयनका निम्ति मुद्दा ४८९ परेका थिए । फैसला कार्यान्वयनमा परेका मुद्धा मध्ये ८६ वटाको मात्र निर्णय भएको भने ४०३ मुद्दा बाँकी रहेकोे छ  ।  

गत आर्थिक वर्षमा न्यायाधीकरणले फैसला कार्यान्वयनबाट ८० करोड ३४ लाख १८ हजार ७२ रुपैयाँ असुली गरेको छ । न्यायाधीकरणको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष १ अर्ब ४६ करोड ५९ लाख २० हजार १ सय १८ रुपैयाँ फैसला कार्यान्वयनबाट असुली गरेको थियो ।  

न्यायाधीकरणका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ३१ करोड ६९ लाख ९८ हजार ५०६ रुपैयाँ मिलापत्रबाट रकम असुली गरेको छ भने आव २०७५/७६ मा ३ अर्ब ५१ करोड ४५ लाख ७३ हजार १९४ रुपैयाँ मिलापत्रबाट असुली भएको छ । मिलापत्र र फैसला कार्यान्वयबाट कुल ४ अर्ब ३१ करोड ७९ लाख ९१ हजार २६७ रुपैयाँ असुल गरेको छ । 

प्रतिक्रिया दिनुहोस