aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

जसरी भए पनि तामाकोसीबाट चैतमा बत्ति बाल्न कुलमानको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
himalayanlife
जसरी भए पनि तामाकोसीबाट चैतमा बत्ति बाल्न कुलमानको निर्देशन
DHI
NIBL

 काठमाडौं । निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ठाडो सुरुङमा २७.५ मिटर पेनस्टक पाइप जडान गरिएको छ ।  आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मिटर र माथिल्लो ठाडो सुरुङमा ७.५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । 

अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत १ असार र माथिल्लोमा ९ असारबाट पेनस्टक पाइप जडान शुरु गरिएको थियो । ३७२ मिटर लामो तल्लो पेनस्टक साफ्टमा  अब ५ मिटर लम्बाइ र २७ टन तौल भएका अब ७० वटा पाइप जडान गर्न बाँकी छ । माथिल्लो पेनस्टक साफ्टको लम्बाई ३१० मिटर हो । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले आइतबार निर्माणस्थलको निरीक्षण गरी पछिल्लोपटक तय गरिएको समय तालिकाभित्रै र गुणस्तरमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीहरुलाई निर्देशन दिए । 

‘जसरी पनि आगामी चैतको दोस्रो साताभित्रमा पहिलो युनिटबाट (७६ मेगावाट) र त्यसपछि बाँकी ५ युनिटबाट असारभित्रमा (आर्थिक वर्ष २०७६÷७७) विद्युत उत्पादन गरी आयोजनाको निर्माण सम्पन्न गर्नुपर्छ,’ उनले निर्देशन दिँंदै भने .तल्लो ठाडो सुरुङमा पहिलो पाइप जडान, वेल्डिङ लगायतका काम गर्न ३६५ घण्टा लागेको थियो । अहिले चौथो पाइप जडान गर्दा समय घटेर १२८ घण्टामा झरेको छ । कार्यकारी निर्देशक घिसिङले पाइप जडानका लागि लाग्ने समयलाई अझै घटाउन एन्ड्रिज हाइड्रोलाई निर्देशन दिए । ४ वटा पाइप जडान गरिसकेकाले अब ठेकेदार कम्पनीको आत्मविश्वास बढेकाले कामलाई तिब्रता दिने आयोजनाको विश्वास छ । 
 

प्रतिक्रिया दिनुहोस