लुम्बिनी जनरल इन्स्योरेन्स, एनएमबी लघुवित्त र एचआईडिसिएलले हकप्रद ल्याउन पुगे एकैसाथ धितोपत्र बोर्ड - Aarthiknews
aarthiknews.com आइतबार, ०१ भदौ २०७६   Sunday, 18 August, 2019
 

लुम्बिनी जनरल इन्स्योरेन्स, एनएमबी लघुवित्त र एचआईडिसिएलले हकप्रद ल्याउन पुगे एकैसाथ धितोपत्र बोर्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
Sunrise bank
लुम्बिनी जनरल इन्स्योरेन्स, एनएमबी लघुवित्त र एचआईडिसिएलले हकप्रद ल्याउन पुगे एकैसाथ धितोपत्र बोर्ड
LBEF
IPS

काठमाडौं । तीन कम्पनी हकप्रद शेयरका लागि धितोपत्र बोर्ड पुगेका छन् । ती लुम्बिनी जनरल इन्स्योरेन्स, एनएमबी लघुवित्त र एचआईडिसिल रहेका छन् ।

लुम्बिनी जनरल इन्सुरेन्सले २० प्रतिशत अर्थात १० बराबर २ को अनुपातमा हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले १०ः२ अनुपातमा १६ लाख ६० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हाल यसको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ ।
 
हकप्रद निष्कासनपछि भने चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन लुम्बिनीले हकप्रद ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गर्नेछ ।

त्यस्तै एनएमबी लघुवित्त वित्तीय संस्थाले पनि १५० प्रतिशत अर्थात १ बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
१५ प्रतिशत बोनस शेयरपश्चात कम्पनीको चुक्ता पँुजी १६ करोड २० लाख ६ हजार रुपैयाँ पुगेको थियो । सोपश्चात चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद जारी पुँजी ४० करोड ५० लाख ६९ हजार रुपैयाँ पुग्नेछ ।

त्यस्तै गरी जलविद्युत लगानी तथा डेभलपमेन्ड कम्पनीको शतप्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले ११ करोड  कित्ता हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 


 

प्रतिक्रिया दिनुहोस