aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 

अमेरिकी डलर स्थिर, यी दुई मुद्रा सबैभन्दा महँगा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ मंसिर २०७८
nabil bank
अमेरिकी डलर स्थिर, यी दुई मुद्रा सबैभन्दा महँगा
Global IME
LBF

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । मंगलबारका लागि अमेरिकी डलर एक डलरको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५३ पैसा रहेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५० पैसा र बिक्रीदर १२० रुपैयाँ १० पैसा रहेको छ ।

 त्यस्तै, युरो एकको खरिददर १३५ रुपैयाँ २६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९४ पैसा रहेको छ । आइतबार युरो एकको खरिददर १३४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३५ रुपैयाँ २७ पैसा रहेको थियो । 

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ २९ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०० पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, जापानीज ऐन १० को खरिददर १० रुपैयाँ ६४ पैसा र विक्रीदर १० रुपैयाँ ६९ प्रैसा रहेको छ । 

त्यस्तै, सबैभन्दा महगो विनिमयदर भएको कुवेती दिनारको एकको खरिददर ३९९ रुपैयाँ २५ प्रैसा पुगेको छ भने विक्रीदर ४०१ रुपैयाँ २३ पैसा रहेको छ । त्यस्तै बहराइन दिनार पनि एकको खरिददर ३२० रुपैयाँ ७६ पैसा र विक्रीदर ३२२ रुपैयाँ ३५ पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस