aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 

काँग्रेस महाधिवेशनमा भारतीय नेताको शुभकामनाः भारत समृद्ध र सुदृढ नेपाल चाहन्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ मंसिर २०७८
nabil bank
काँग्रेस महाधिवेशनमा भारतीय नेताको शुभकामनाः भारत समृद्ध र सुदृढ नेपाल चाहन्छ
Global IME
LBF

काठमाडौं । भारतीय जनता पार्टीका नेता डा. हर्ष वर्धनले भारत स्थिर, समृद्ध र सुदृढ नेपालको पक्षमा रहेको बताएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विचारबारे आफुलाई राम्ररी ज्ञान भएको उल्लेख गर्दै नेता हर्ष वर्धनले भने, “उहाँ एक सुदृढ, मजबुद र स्थीर नेपाल होस्, भारत नेपालको सम्बन्ध दिन प्रतिदिन मजबुद होस्, संस्कृति र सम्पर्क सञ्जाल (सडक, रेल, हवाई तथा उर्जा) सम्बन्ध सुमधुर होस् भन्ने चाहनुहुन्छ ।” 

समारोहमा उहाँले नेपाल र भारतको सम्बन्ध अझै सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभयो । उनले भारत जुनसुकै सम्पर्क सञ्जालबाट जोड्न र आपसी सम्बन्धलाई अझै मजवुद बनाउन चाहेको उल्लेख गरे । उनले भारतमा समेत यती धेरै पूर्वप्रधानमन्त्री एकसाथ एउटै मञ्चमा बसेको नदेखेको र यस्तो संस्कार अन्य देशमा विरलै पाउन सकिने बताए । राजनीतिक जीवनमा यस प्रकारको कार्यक्रम दुनियाँमा सायदै  देखिएको भन्दै यहाँको यो राजनीति संस्कार प्रेरणादायी रहेको विचार राखे । 

विसं २०७२ को भूकम्पका बेला नेपाललाई जत्तिकै भारतलाई पनि दुखेको स्मरण गर्दै नेता वर्धनले नेपालीलाई कुनै पनि समस्या पर्दा भारतीय नगरिकलाई दुख्ने बताए । उनले भारत र नेपालको सम्बन्ध दिन प्रतिदिन सुमधुर बन्दै गएको र रेल, सडक वा हवाई सञ्जाल होस् या विद्युत तथा उर्जाको विषयमा समेत बलियो सम्पर्क र सहयोग रहँदै आएको पनि बताए । 

नेता वर्धनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष जेपी नड्डाको तर्फबाट पनि शुभकामना दिएका थिए । उनी चितवनमा हालै सम्पन्न नेकपा (एमाले) को महाधिवेशनमा समेत सहभागी थिए । त्यसैगरी समारोहमा भारतीय राष्ट्रिय कांग्रेसका महासचिव मुकुल वासनिकले आफू ३४ साल पहिला सन् १९४७ मा संयुक्त राष्ट्रसङ्घको महाधिवेशनमा बोल्ने समयमा गौरवान्वित भएको र सोही अनुसार नै अहिलेको यो महाधिवेशनमा बोलेर गौरवको अनुभूति भएको उल्लेख गरे । उनले लोकतन्त्रको महत्वपूर्ण कडी कांग्रेस रहेकाले पनि त्यो गौरव महसुस गराएको बताए । 

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले भारत र नेपाल सम्बन्ध हरेक दृष्टिकोणले अन्य मुलुककसँगको सम्बन्धभन्दा फरक र नमूनायोग्य रहेको बताए । उनले दुई देशबीच समस्या हुनसक्ने र त्यसलाई आपसमा भाइचारा र मित्रताको आधारमा पूर्ण भरोसाका साथ समाधान गर्न सकिने पनि बताए। आपसी सम्बन्ध प्रगाढ बनाउन आफ्नो पार्टी हरेक भूमिका निर्वाह गर्न  तयार रहेको पनि स्पष्ट गरे । उनले भारतले नेपाललाई हरेक दृष्टिकोणबाट उच्च प्राथमिकता दिएको पनि उनले जानकारी दिए । 

उनले स्थिर र शान्तिपूर्ण नेपाल नै भारतको प्राथमिकता रहेको बताए । उनले पार्टी अध्यक्ष सोनिया गान्धी यहाँ आउन चाहे पनि नयाँ दिल्लीमा लोकसभाको अधिवेशन शुरु भएकाले उपस्थित हुन नसकेको जानकारी गराउँदै उनका तर्फबाट पनि महाधिवेशनको सफलताको शुभकामना दिए । 

प्रतिक्रिया दिनुहोस