लाभकर विवाद अब मन्त्रालयको जिम्मामा - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

लाभकर विवाद अब मन्त्रालयको जिम्मामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
Sunrise bank
लाभकर विवाद अब मन्त्रालयको जिम्मामा
LBEF
NCH-IPS

पुँजीगत लाभकर गणनाको विषयमा देखिएको अन्योलको विषयमा सोमबार अर्थमन्त्रालयमा नै छलफल गरेर टुंगोमा पु¥याइने भएको छ । वेटेड एभरेजका आधारमा पुँजीगत लाभकर गणना गर्ने भनिए पनि खरिद मूल्य लगानीकर्ता आफैले हाल्ने भनेपछि विवाद बढेको छ ।
लगानीकर्ताले खरिद मूल्यसहित फारम धितोपत्र ब्रोकरकोमा गएर नबुझाउने भन्दै स्पष्ट गणना विधि लागु गर्नुपर्ने माग गरेका छन् । उनीहरुले यसका लागि आइतबार अर्थमन्त्रालयमा राजस्व सचिवलाई भेटेका थिए । लगानीकर्तासँगको भेटपछि अर्थसचिवको निर्देशनमा धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज(नेप्से), केन्द्रिय निक्षेप सेवासँग छलफल गरेको थियो । तर, आइतबार भएको धितोपत्र बोर्ड, नेप्से तथा सीडीएसको बैठकले कुनै निर्णय गर्न नसकेपछि सोमबार अर्थमन्त्रालयमा नै गएर टुङ्गो लगाउने सहभागी एक अधिकारीले बताए । ‘‘करको विषयमा निर्णय गर्ने अधिकार नेपाल धितोपत्र बोर्डलाई नभएकाले अर्थमन्त्रालयमा नै जान लागेको हो,’’ उनले भने, ‘‘सेयरको खरिद मूल्य नभएको अवस्थामा औसत मूल्य कुनलाई मान्ने भन्ने विषयमा एउटा ‘कट आउट डेट’ तोक्नुपर्छ, त्यस विषयमा मन्त्रालयसँग छलफल गरेपछि मात्र निष्कर्ष आउँछ ।’’ यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस