aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

नेता भट्टराईद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ मंसिर २०७८
नेता भट्टराईद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा
NIBL

दमौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

शुक्रबारदेखि राजधानीमा सुरु भएको महाधिवेशनमा उनले खसआर्यतर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष उनले महाधिवेशन प्रतिनिधिसँग भेटघाट सुरु गरिसकेका छन्। तनहुँको व्यास नगरपालिका–११ निवासी उहाँ विसं २०७४ मङ्सिर २१ गते प्रदेशसभा निर्वाचनको उम्मेदवार समेत बनेका थिए ।

जनसम्पर्कका अगुवाका अलावा अन्य नेता कार्यकर्ताबाट समेत प्राप्त साथ र हौसलाले आफूलाई अघि बढ्न प्रेरणा मिलेको नेता भट्टराईको भनाइ छ । उनले निष्ठाको राजनीतिको वकालत गर्दै मजबुत कांग्रेस, सुदृढ लोकतन्त्र अनि न्यायपूर्ण आर्थिक विकास नारा लिएर मैदानमा उत्रने तयारी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस