aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 

कोरिया जाने नेपालीले १५ सय डलरसम्म साट्न पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
nabil bank
कोरिया जाने नेपालीले १५ सय डलरसम्म साट्न पाउने
Global IME
LBF

काठमाडौं । वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जाने नेपालीलाई डलर सुविधा सटहीको थप सुविधा पाउने भएका छन् । वैदेशिक रोजगारमा जाने नेपालीहरुले एक हजार पाँच सय अमेरिकी डलर सटहीको थप सुविधा नेपाल राष्ट्र बैंकले दिएको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय कारोबार गर्न बनेको एककिृत निर्देशिका २०७६ मा संशोधन गरिएको छ । जसमा कोरिया जाने नेपालीहरुलाई डलर सटहीको सुविधा थप गरेको हो । 

यसअघि नेपाली नागरिकलाई राहधानि वाहकले प्रतिव्यक्ति दुई सय अमेरिकी डलरसम्मको मात्र सटही सुविधा पाउने गरेका थिए । बिहिबार राष्ट्र बैंकले जारी गरेको संशोधित एकिकृत परिपत्रमा कोरोना भाइरसका कारण वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई क्वारेन्टाइन खर्च वापत व्ययभार थपिने हुनालेयस्तो सुविधा दिएको उल्लेख छ । 


 

प्रतिक्रिया दिनुहोस