aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

समायोजनपछि पनि घट्यो आइसिएफसि फाइनान्स र स्वाभिमान लघुवित्तको शेयरमूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
समायोजनपछि पनि घट्यो आइसिएफसि फाइनान्स र स्वाभिमान लघुवित्तको शेयरमूल्य
Global IME
LBF

काठमाडौं । बिहीवार आइसिएफसि फाइनान्स लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजनपछि पनि घटेको छ । नेप्सेले दुबै कम्पनीको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । आइसिएफसि फाइनान्सको बुधवार कायम अन्तिम शेयरमूल्य ७०३ दशमलव ८० रुपैयाँ को आधारमा नेप्सेले १० प्रतिशत बोनस शेयरपछिको मूल्य ६३९ दशमलव ८२ रुपैयाँ तोकेको हो भने स्वाभिमान लघुवित्तको बुधवार कायम अन्तिम मूल्य २ हजार ५४० रुपैयाँ को आधारमा ३२ दशमलव ३० प्रतिशत बोनस शेयरपछिको मूल्य १ हजार ९१९ दशमलव ८८ रुपैयाँ तोकेको हो ।

समायोजनपछि १ हजार ८८२ रुपैयाँ मा खुला भएको स्वाभिमान लघुवित्तको शेयरमूूल्य न्यूनतम १ हजार ८०९ रुपैयाँसम्म झरेर अन्तिम मूल्य १ हजार ८४५ रुपैयाँ कायम भएको छ यस दिन समायोजपछि पनि स्वाभिमान लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ७४ दशमलव ८८ रुपैयाँले घटेको हो । त्यस्तै आइसिएफसि फाइनान्स फाइनान्सको ६२८ रुपैयाँमा खुला भएको शेयरमूल्य न्यूनतम ६१० रुपैयाँ देखि अधिकतम ६५२ रुपैयाँसम्म पुगेर अन्तिम मूल्य  भने ६२७ रुपैयाँ कायम भएको छ । समायोजनपछि पनि आइसिएफसी फाइनान्सको शेयरमूल्य १२ दशमलव ८२ रुपैयाँले घटेको  हो ।

यी दुबै कम्पनीहरुले प्रस्तावित लाभांश पारितका लागि बार्षिक साधारण सभाको मिति तय गरी उक्त सभा प्रयोजनका लागि मंसिर २३ गते बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तोकेको हो । बुक क्लोजको आधारमा मंसिर २२ गतेसम्म शेयर कायम शेयरधनीहरु मात्र कम्पनीहरुको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।

आइसिएफसि फाइनान्सले वर्ष गत वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनी १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि आइसिएफसिले पुस ५ गते वार्षिक साधारण सभा बोलाएको छ । आइसिएफसिले सभा र लाभांश प्रयोजनका लागि मंसिर २३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको हो ।

त्यस्तै स्वाभिमान लघुवित्तले ३२ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि स्वाभिमान लघुवित्तले पुस ८ गते वार्षिक साधारण सभा बोलाएको छ । स्वाभिमान लघुवित्तले भने मंसिर २३ गते एक दिन मात्र सभा प्रयोजनका लागि बुक क्लोज गरेको छ । हाल आइसिएफसि फाइनान्सको चुक्तापूँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार रुपैयाँ र स्वाभिमान लघुवित्तको ९ करोड २० लाख ५० हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा यी कम्पनीहरुले लाभांश वितरण गर्न लागेका हुन ।

प्रतिक्रिया दिनुहोस