aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

राजश्व छलि गर्ने शिवम कन्सट्रक्सनविरुद्ध मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
राजश्व छलि गर्ने शिवम कन्सट्रक्सनविरुद्ध मुद्दा दायर
Global IME
LBF

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व छलि गरेको अभियोगमा एक कन्सट्रक्सन विरुद्ध मुद्दा दायर गरेको छ । विभागले बुढानिलकण्ठ नगरपालिका वडा नं. २ मा रहेको शिवम कन्सट्रक्सन प्रालिका सञ्चालकद्धय रामकुमार प्याकुरेल र संगीता कुमारी झा विरुद्ध राजश्व छलिको आरोपमा मुद्दा दायर गरेको हो । 

उक्त कन्सट्रक्सन कम्पनीले नक्कली बिजक बनाई मूल्यअभिवृद्धि कर र आयकर छलि गरेको विभागको आरोप छ । विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गर्दै उनीहरुसँग ५० लाख ४६ हजार १५३ रुपैयाँ विगो दाबी र त्यसको सजाय हुन आउने शतप्रतिशत विगो दाबी माग गरेको छ । 

कन्सट्रक्सन कम्पनीले मूल्य अभिवृद्धि कर तर्फ १६ लाख ७७ हजार ३३४, आयकर तर्फ २९ लाख ४२ हजार ९८२ रुपैयाँ र आयकर तर्फ नै ४ लाख ५५ हजार ८७७ रुपैयाँ राजश्व चुहावट गरेको विभागको ठहर छ । 
 

प्रतिक्रिया दिनुहोस