aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

अर्थ मन्त्रालयका तत्कालिन शाखा अधिकृतले कमाए अकुत सम्पति, अदालतमा मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
अर्थ मन्त्रालयका तत्कालिन शाखा अधिकृतले कमाए अकुत सम्पति, अदालतमा मुद्दा दायर
Global IME
LBF

काठमाडौं । अर्थ मन्त्रालयका तत्कालिन शाखा अधिकृत उद्धवप्रसाद थपलिया विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ६४ लाख ८९ हजार ७ सय रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  

थपलियाले सार्वजनिक सेवाको पदमा रहेर पदको दुरुपयोग गरि गैरकानुनीरुपमा आर्जन गरेको सम्पतिको स्रोत नखुलेकाले उनी विरुद्ध मुद्दा दायर गरिएको हो । उनले आफ्नो श्रीमती मुना थपलिया पन्तको नाममा घरजग्गा तथा बैंक खातामा रकम मौज्दात देखिएको र उक्त आम्दानीको स्रोत नखुलेकोले भ्रष्टाचार निवारण ऐन अनुसार मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।   

थपलियाले अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न कार्यलयहरुमा तत्कालिन शाखा अधिकृतकोरुपमा अवकास पाएका थिए । उनी २०४० सालदेखि २०७५ सालसम्म सरकारी सेवामा आवद्ध थिए । 

प्रतिक्रिया दिनुहोस