aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

अमेरिकामा काम गर्ने महिला र पुरुष डाक्टरको आम्दानीमा यति धेरै अन्तर !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
अमेरिकामा काम गर्ने महिला र पुरुष डाक्टरको आम्दानीमा यति धेरै अन्तर !
Global IME
LBF

एजेन्सी । पुरुष र महिलाको कामको  स्थिति समान हुन सक्छ । तर, पुरुषले आम्दानीको नेतृत्व गर्ने गरेका छन् । भरखरै अमेरिकामा ८० हजार डाक्टरहरूबीच गरिएको सर्वेक्षणको रिपोर्टले यस्तो बताइरहेको छ । अध्ययन अनुसार ४० वर्षको करियरमा महिला डाक्टरले पुरुष डाक्टरको तुलनामा २५ प्रतिशत कम कमाउँछन् । उनीहरुको आम्दानीको अन्तर भने १५ करोड रुपैयाँभन्दा बढीको छ । मेडिकल जर्नल हेल्थ अफेयर्समा प्रकाशित सर्वेक्षणअनुसार महिला डाक्टरहरू रोजगारीको पहिलो दिनदेखि नै आम्दानीमा पुरुषभन्दा पछाडि देखिएको छ ।

यस अध्ययनका प्रमुख तथा र्यान्ड कर्पोरेशनका स्वास्थ्य अर्थशास्त्री क्रिस्टोफर ह्वेली भन्छनु– ‘सन् २०१४ देखि २०१९ को बीचमा गरिएको यो सर्वेक्षण डाक्टरको तलबको सबैभन्दा ठूलो विश्लेषण हो र यसले पहिलो पटक चिकित्सा क्षेत्रमा तलब अन्तरको अनुमान गरेको छ ।’

उनले भने, ‘सर्वेक्षणमा हामीले पहिलो वर्षदेखि ४०औँ वर्षसम्म यो अन्तर कायम रहेको फेला पायौंं, जुन ठूलो हो । सायद यो खाडल यस अवधिमा फराकिलो भएको हुनसक्छ, किनभने महामारीले महिलाहरूलाई चिकित्सा पेशा, बालबालिको हेरचाह र अन्य घरायसी कामहरू लगायत धेरै क्षेत्रमा कार्यस्थलबाट बाहिर निस्कन प्रेरित गरेको छ ।’

अध्ययनहरूले डोक्सिमिटीमा संकलित तलब डेटाको विश्लेषण गरेको छ ।  लिंकड इन जस्ता सामाजिक सञ्जाल जसले अमेरिकामा ८० प्रतिशत डाक्टरहरू पुग्ने दाबी गर्दछन । समान अनुभव भएका पुरुष र महिला बीचको तलब तुलना गर्दै, शोधकर्ताहरूले अनुमान गरेका छन पुरुष चिकित्सकहरूले ४० वर्षको करियरमा औसत ८.३ मिलियन डलर छ त्यस्तै, महिलाहरूले करिब ६.३ मिलियन डलर रहेको छ ।  तलब गणना गर्न, शोधकर्ताहरूले सर्वेक्षणमा अत्यधिक तलबलाई असर गर्ने कारकहरू पनि समावेश गरेका छन् । 

उदाहरणका लागि, डाक्टरको विशेषता, उसको अभ्यासको स्थिति, बिरामीहरूको उपलब्धता, आदि । अधिकांश पुरुषहरू सर्जन बन्नेका तथ्य पनि आएको छ । जबकि महिलाहरू प्राथमिक उपचारको क्षेत्रमा जान्छन् । महिलाहरूले आफ्ना बिरामीहरूसँग बढी समय बिताउँछन् । जसले सेवा र प्रक्रियाहरूको मात्रा घटाएको छ । यी अतिरिक्त सेवाहरू हुन् जसको लागि भुक्तान गर्न सकिन्न ।

अध्ययनका अनुसार, तलब अन्तर डाक्टरको करियरको सुरु भएदेखि लगभग १० वर्षसम्म आफ्नो तलब एक नास हुने गरेको बताएका थिए । । यो अन्तर उनको बाँकी करियरको लागि स्थिर रह्यो र महिलाहरूले कहिल्यै पुरुषहरूसँग मेल खान सकेनन् । एक विशेषज्ञ सर्जनको वार्षिक कमाई लगभग २.५ मिलियन डलर सम्म छ ।  सबैभन्दा कम प्राथमिक स्तरमा काम गर्ने ९२०००० डलर मात्र रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस