aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

हिमालयन रिइन्स्योरेन्सको पहिलो कमाई करिब ५ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
हिमालयन रिइन्स्योरेन्सको पहिलो कमाई करिब ५ करोड
Global IME
LBF

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण बिहीवार सार्वजनकि गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिसम्म ४ करोड ७६ लाख ८० हजार रुपैयाँ खुद नाफा गरेको छ । 

अघिल्लो त्रैमासको अन्तिमसम्म कम्पनीले ९४ लाख २६ हजार रुपैयाँ यो नाफा गरेको थियो । अघिल्लो त्रैमास अर्थात असार मसान्तसम्मको तुलनामा असोज मसान्तसम्म कम्पनीको खुद नाफा ४०६ प्रतिशत बृद्धि भएको हो ।  

अघिल्लो त्रैमाससम्म २ करोड ३७ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यस त्रैमाससम्ममा ७ करोड ९२ लाख ६५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । खर्च रकम पनि अघिल्लो त्रैमाससम्ममा १ करोड ४३ लाख ३१ हजार रुपैयाँ भएकोमा यो त्रैमाससम्म ३ करोड १५ लाख ८४ हजार रुपैयाँ भएको छ ।

यस त्रैमाससम्ममा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो त्रैमाससम्ममा २ करोड ३९ लाख २६ हजार रुपैयाँ थियो । अघिल्लो त्रैमाससम्म दाबी भुक्तानी नगरेको कम्पनीले यस त्रैमाससम्म १ करोड ७ लाख १३ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ७ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले संस्थापक तर्फबाट मात्र उक्त रकम बराबरको पूँजी चुक्ता गरेको हो । सर्वसाधारणमा ३० प्रतिशत शेयर जारी गरी १० अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्ने तयारी कम्पनीले गरेको छ । 

आईपीओ निष्कासन सम्बन्धि प्रस्ताव कम्पनीले कात्तिक २६ गते सम्पन्न प्रथम वार्षिक साधारण सभा मार्फत पारित गराई सकेको छ । चालू आवको पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम ५ करोड १८ लाख २७ हजार रुपैयाँ र बीमा कोष रकम ४८ लाख १९ हजार रुपैयाँ छ ।
 

प्रतिक्रिया दिनुहोस