aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन
Global IME
LBF

काठमाडौं । बिहीवार आइसिएफसि फाइनान्स लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले दुबै कम्पनीको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।  

आइसिएफसि फाइनान्सको बुधवार कायम अन्तिम शेयरमूल्य ७०३ दशमलव ८० रुपैयाँको आधारमा नेप्सेले १० प्रतिशत बोनस शेयरपछिको मूल्य ६३९ दशमलव ८२ रुपैयाँ तोकेको हो भने स्वाभिमान लघुवित्तको बुधवार कायम अन्तिम मूल्य २ हजार ५४० रुपैयाँको आधारमा ३२ दशमलव ३० प्रतिशत बोनस शेयरपछिको मूल्य १ हजार ९१९ दशमलव ८८ रुपैयाँ तोकेको हो । 

यी दुबै कम्पनीहरुले प्रस्तावित लाभांश पारितका लागि बार्षिक साधारण सभाको मिति तय गरी उक्त सभा प्रयोजनका लागि मंसिर २३ गते बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तोकेको हो । बुक क्लोजको आधारमा मंसिर २२ गतेसम्म शेयर कायम शेयरधनीहरु मात्र कम्पनीहरुको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् । 

आइसिएफसि फाइनान्सले वर्ष गत वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनी १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि आइसिएफसिले पुस ५ गते वार्षिक साधारण सभा बोलाएको छ । 

आइसिएफसिले सभा र लाभांश प्रयोजनका लागि मंसिर २३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको हो । त्यस्तै स्वाभिमान लघुवित्तले ३२ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि स्वाभिमान लघुवित्तले पुस ८ गते वार्षिक साधारण सभा बोलाएको छ । 

स्वाभिमान लघुवित्तले भने मंसिर २३ गते एक दिन मात्र सभा प्रयोजनका लागि बुक क्लोज गरेको छ । हाल आइसिएफसि फाइनान्सको चुक्तापूँजी  १ अर्ब २ करोड ४२ लाख ६५ हजार रुपैयाँ र स्वाभिमान लघुवित्तको ९ करोड २० लाख ५० हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा यी कम्पनीहरुले लाभांश वितरण गर्न लागेका हुन् ।  
 

प्रतिक्रिया दिनुहोस