साढे १६ सय व्यावसायिक फर्मको अनुगमन - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

साढे १६ सय व्यावसायिक फर्मको अनुगमन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
Sunrise bank
साढे १६ सय व्यावसायिक फर्मको अनुगमन
LBEF
NCH-IPS

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आर्थिक वर्षमा देशभरका एक हजार छ सय ६१ वटा व्यावसायिक फर्मको अनुगमन गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा विभागले उपत्यकाभित्रका १ हजार ३ सय ५७ वटा रै उपत्यका बाहिर ३ सय ४ वटा व्यावसायिक फर्म अनुगमन गरेको हो । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार असार महिनामा मात्रै ६६ वटा व्यावसायिक फर्म अनुगमन गरिएका छन् । जसमध्ये उपत्यकाभित्रका ११ वटा रहेका छन् । विभागका अनुसार असोजमा उपत्यका सबैभन्दा बढी २ सय ५७ वटा र असारमा सबै भन्दाकम ११ वटा फम को अनुगमन भएको छ । उपत्यका बाहिर पनि  असोजमा सबैभन्दा बढी ८० वटा र सबैभन्दा कम जेठमा अनुगमन गरिएको छ ।  कार्तिक, पुस, माघ र फागुनमा भने उपत्यका बाहिर विभागले अनुगमन नै गरेको छैन । 
बजार अनुगमनका क्रममा मूल्यसूचि राख्न, अद्यावधिक गर्न दिएको निर्देशन संख्या १ सय ७१ रहेको विभागका प्रवक्ता शोभाकर रेग्मीले बताए । त्यसैगरी साइन बोर्ड राख्न ६१ वटा फर्मलाई निर्देशन दिइएको छ, लेबल नभएका सामान बिक्री नगर्न ८४ वटालाई निर्देशन दिइएको, व्यवसाय दर्ता प्रमाणपत्र पेस गर्न तथा नवीकरण गर्न १३७ लाई निर्देशन, नापतौल प्रमाणपत्र पेस गर्न ७२, खाद्य अनुज्ञापत्र पेस गर्न २४, सरसरफाईमा सुधार गर्न  ६७, भ्याट वा प्यानको प्रमाण लिन र बिल बिजक लिन दिन १ सय ९फर्मलाई निर्देशन दिएको छ ।
 त्यस्तै म्याद नाघेका सामान बिक्री वितरण नगर्न ८५, व्यवसाय बन्द गर्न २१ व्यापारीक फर्मलाई निर्देशन दिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मुद्दा दायर प्रक्रियाको लागि ३ वटा, अन्य निर्देशन ९१ फर्म परेका छन्, त्यस्तै पुँजी वृद्धिको लागि २, कारोबार थप गर्न ४ वटा, स्पष्टीकरणको माग १८ वटा, कारोबार रोक्का ५ वटा फर्मको भएको छ, खाद्य र अखाद्य सामान अलग राख्न ५१ व्यापारीक फर्मलाई निर्देशन दिएको र विभागमा उपस्थित भई कागजात पेस गर्न ९२ वटालाई निर्देशन दिएको प्रवक्ता शोभाकर रेग्मीले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });