हिमालयन बैंकको ऋणपत्रमा सर्वसाधारणको आकर्षण देखिएन - Aarthiknews
aarthiknews.com आइतबार, ०१ भदौ २०७६   Sunday, 18 August, 2019
 

हिमालयन बैंकको ऋणपत्रमा सर्वसाधारणको आकर्षण देखिएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
Sunrise bank
हिमालयन बैंकको ऋणपत्रमा सर्वसाधारणको आकर्षण देखिएन
LBEF
IPS

काठमाडौं । हिमालयन बैंकले साउन २ गतेदेखि बिक्रीमा ल्याएको ऋणपत्रमा सर्वसाधारणको आकर्षण देखिएको छैन । छिटोमा साउन ६ गतेको मिति तोकिएको यस ऋणपत्रमा २ दशमलव ६५ प्रतिशत मात्र आवेदन परेको छ । छिटो अवधिमा बिक्री हुन नसकेपछि ढिलो अवधिको मितिसम्म बिक्री खुला गरिने विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जानकारी दिएको छ । 

वार्षिक १० प्रतिशत ब्याजदरको सात वर्षे अवधिको यो ऋणपत्र ढिलोमा साउन ३१ गतेसम्म विक्रीमा रहनेछ । बैंकले १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री खुला गरेको हो । २०८३ मा परिपक्क हुने यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । प्रति ऋणपत्र मूल्य  एक हजार रुपैयाँ तोकिएको छ ।
बैंकको यस ऋणपत्रलाई केयर रेटिङ नेपाल लिमिटेडले ‘केयर एन–पी ए’ रेटिङ प्रदान गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस