नेप्से ३ अंकले घटेसँगै कारोबारमा गिरावट - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

नेप्से ३ अंकले घटेसँगै कारोबारमा गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
Sunrise bank
नेप्से ३ अंकले घटेसँगै कारोबारमा गिरावट
LBEF
NCH-IPS

काठमाडौं । साताको पहिलो कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशमलव ७५ अंकले घटेर १ हजार २ सय ६८ दशमलव ७४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि शुन्य दशमलव ५३ अंकले घटेर २ सय ७३ दशलमव ३० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ६६ कम्पनीको ११ लाख १९ हजार ५६३ कित्ता शेयर खरिदबिक्री भई २९ करोड ८१ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार सिभिल बैंकको भएको छ । जसको कारोबार आज २ करोड ६४ लाख ६१ हजार रुपैयाँ बराबरको भएको छ । 

यस दिन सर्वा्िधक कमाउनेमा स्वाभिमन लघुवित्त वित्तीय संस्था लिमिटेडको रहेको छ । जसको शेयर मूल्यमा ५ दशमलव ५० प्रतिशतले बढेको छ । 

साथै सर्वा्िधक गुमाउनेमा युनियन हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ६४ प्रतिशतले घटेको छ । 

यस दिन ११ वटै उपपरिसुचकहरुमा २ वटा समूहहरुमा हरियाली छाएको छ । भने बाँकी ९ वटा समूह घटेका छन् । 
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });