सडक छेउको झाडीमा महिलाको शव भेटियो - Aarthiknews
aarthiknews.com आइतबार, ०१ भदौ २०७६   Sunday, 18 August, 2019
 

सडक छेउको झाडीमा महिलाको शव भेटियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
Sunrise bank
सडक छेउको झाडीमा महिलाको शव भेटियो
LBEF
IPS

भक्तपुर । सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आज एक शव भेटिएको छ । सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । 

पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा चोट लागेको पाइएको जानकारी दिँदै उहाँले शव परीक्षणको रिपोर्टपछि मात्रै हत्या हो कि होइन थाहा हुने उहाँले बताउनुभयो । घटनाको भने प्रहरीले सूक्ष्म अध्ययन शुरु गरेको उहाँले जानकारी दिनुभयो । 
 

प्रतिक्रिया दिनुहोस