शेयर कारोबारको राफसाफमा सहभागी नहुन लगानीकर्तालाई दबाब - Aarthiknews
aarthiknews.com आइतबार, ०१ भदौ २०७६   Sunday, 18 August, 2019
 

शेयर कारोबारको राफसाफमा सहभागी नहुन लगानीकर्तालाई दबाब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
Sunrise bank
शेयर कारोबारको राफसाफमा सहभागी नहुन लगानीकर्तालाई दबाब
LBEF
IPS

काठमाडौं  । पुँजीगत लाभकर गणनाको विषयमा विवाद बढ्दै गएको छ । आइतबार लगानीकर्ताहरु कारोबारमा सहभागी भए पनि  उनीहरुले भौतिक रुपमा राफसाफ नगर्ने बताउँदै आएका छन् । धितोपत्र राफसाफ गर्दै आएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई समेत लगानीकर्ताहरुले राफसाफ रोक्का गर्न भनेका छन् । 

लगानीकर्ताका संगठन नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता दबाब समूह, शेयर लगानीकर्ता संघ र  नेपाल पुँजीबजार संघले आइतवार संयुक्त विज्ञप्ति जारी गरी कारोबारमा सहभागी भए पनि राफसाफ भने रोक्का गर्न आग्रह गरेका हुन् । 

लगानीकर्ताहरुले पूर्ण प्रविधिमैत्री बनिसकेको धितोपत्र बजारलाई भौतिक रुपमा गर्न भनिएको राफसाफको प्रक्रिया झन्झटिलो भएको भन्दै यसलाई स्वीकार नगर्ने बताएका छन् । साउन १ गतेदेखि लागू हुने गरी पुँजीगत लाभकर भारित औसत लागतको आधारमा पाँच प्रतिशत गणनाका लागि  शेयर खरीद बिक्री पश्चात लगानीकर्ताहरुले नै पुँजीगत लाभकर गणना गरी राफसाफ सदस्यलाई बुझाउनुपर्ने भएको हो । 

प्रतिक्रिया दिनुहोस