बैंकका शेयरधनी मालामाल हुने, यसपटक गत वर्षको भन्दा दोब्बर लाभांश दिन सक्ने - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

बैंकका शेयरधनी मालामाल हुने, यसपटक गत वर्षको भन्दा दोब्बर लाभांश दिन सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
Sunrise bank
बैंकका शेयरधनी मालामाल हुने, यसपटक गत वर्षको भन्दा दोब्बर लाभांश दिन सक्ने
LBEF
NCH-IPS

काठमाडौं । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७४/०७५ मा बितरण गरेको लाभांशभन्दा आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट बाड्ने लाभांश करिब दोब्बरले बढ्ने अनुमान गर्न थालिएको छ । बैंकहरुले गत वर्षको अन्त्य असारसम्म गरेको नाफाका आधारमा त्यस्तो देखिएको हो ।

अघिल्लो आर्थिक वर्षमा कमाएको नाफा र जगेडा कोषमा राखेको रकमले गत वर्ष वाणिज्य बैंकहरुले समग्रमा १२ देखि १३ प्रतिशत मात्र लाभांश वितरण गर्न सफल भए । गत आर्थिक वर्षमा बैंकको नाफाले यसपटक गत वर्षभन्दा बढी लाभांश बाँड्न सक्ने सम्भावना बैंकहरुको अहिलेसम्म गरेको नाफाले देखाएको छ । यो वर्ष समग्रमा २० देखि २२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने अवस्थामा पुग्ने अनुमान गरिएको छ । सबै बैंकले आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याइसकेकाले बैंकको लगानी बढेको र त्यसबाट आम्दानी पनि बढेको हुनाले गत आवमा बैंकको नाफा बढेको हो ।

बैंकहरुले गत आवको अन्त्य (असारसम्म) को वित्तीय विवरण सार्वजनिक गरिरहेको बेला बैंकरहरुको यस्तो प्रतिक्रिया आएको हो । हुन पनि असारसम्ममा अधिकांश बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षको अन्त्य (असारसम्म) मा माछापुच्छे« बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद आम्दानी गरेको छ । उक्त बैंकले अघिल्लो वर्ष १ अर्ब २४ करोड मात्र नाफा गरेको थियो । उक्त बैंकले सार्वजनिक गरेको बैंकको वित्तीय विवरणमा यस्तो देखिएको हो । माछापुच्छे« बैंकको अघिल्लो वर्ष प्रतिशेयर आम्दानी १५.८१ रुपैयाँ थियो । बैंकको आम्दानी बढेर गत वर्ष २१.१५ पुगेको छ । यसले पनि बैंकले बढी लाभांश दिने स्पष्ट हुन्छ ।

यसैगरी सिटिजन्स बैंकले आज मात्रै सार्वजनिक गरेको वित्तीय विवरणमा पनि नाफा बढेको छ । उसले असार समान्तसम्म १ अर्ब ४८ करोड खुद नाफा गरेको छ । अघिल्लो वर्ष १ अर्ब २४ करोड मात्र नाफा गरेको थियो । उक्त बैंकको प्रतिशेयर आम्दानी १७.७९ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष प्रतिशेयर आम्दानी १५.३७ रुपैयाँ मात्र थियो ।

अन्य बैंकले पनि खुद नाफा बढाउने अनुमान गरिएको छ । नाफा बढाउँदा लाभांश वितरण गर्न सक्ने क्षमता पनि बढ्छ । लगानीयोग्य पुँजी अभाव खेपिरहेका बैंकहरुले नाफा भने बढाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी कमी नहुने हो भने अझै बढी नाफा गर्न सकिने उनीहरुको भनाइ छ । 

गत वर्ष सबै बैंकको नाफा बढने अपेक्षा गरिएको छ । नियमित रुपमा गर्ने कमाइ र रकम फिर्ता (राइट ब्याक) लगायतका कारण बैंकहरुले नाफा उल्लेखनीय रुपमा बढाउँदे छन् ।  यद्यपि, नेपाल राष्ट्र बैंकले तोकेको स्प्रेड दर ४.५ प्रतिशत कायम गर्नुपर्ने बाध्यता र लगानीयोग्य पुँजी कमीका कारण बैंकको नाफामा ठूलो वृद्धि गर्न नसकिएको बैंकर स्वीकार गर्छन् ।

बैंकहरुको व्यवसायको आकार बढेकाले नाफा पनि बढेको बैंकरको भनाइ छ । सबै वाणिज्य बैंकहरुले आठ अर्ब पुँजी पुर्याइसकेकाले त्यही अनुसार लगानी गर्दा बैंकहरुको नाफा पनि बढ्दै गएको हो । नाफा बढाउन बैंकहरुले आक्रामक रुपमा लगानी गर्दै आएका छन् । जसका कारण आम्दानी बढेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });